STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भक्तपुरमा तीन स्रष्टा सम्मानित

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २७, सोमबार

काठमाडौं – भक्तपुर साहित्यिक समाजले एक कार्यक्रमबीच आफ्नो २१ औं स्थापना दिवसको अवसरमा तीनजना स्रष्टालाई सम्मान गरेको छ । सम्मानित स्रष्टाहरु गायक रत्न बेहोसी, महाकवि चन्द्रप्रसाद न्यौपाने र लेखक विनोदराज शर्मा हुन् । सोही कार्यक्रममा डा. जुनु बासुकला रञ्जितकार र साहित्यकार अनिश शाक्यलाई प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । संस्कतिविद् एवं साहित्यकार तेजेश्वरबाबु ग्वंगःको प्रमुख आतिथ्यमा सो सम्मान र पुरस्कार प्रदान गरिएको थियो । प्रतिभा पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँ नगद रहेको छ ।
Categorized in उपत्यका