STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाको पाठ्यसामग्री सार्वजनिक

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २५, शनिबार

काठमाडौं – कक्षा एकदेखि आठसम्मको नेपालभाषाको पाठ्यसामग्री सार्वजनिक गरिएको छ । नेपालभाषा स्थानीय पाठ्यक्रम निर्माण समिति, शिक्षा विभागको आयोजनामा माघ २४ गते सम्पन्न एक प्रबोधिकरण कार्यक्रमबीच सो पाठ्यसामग्री सार्वजनिक गरिएको हो । लखुतीर्थस्थित जगतसुन्दर ब्वनेकुथिमा भएको कार्यक्रममा नेपालभाषा केन्द्रीय विभागका प्रमुख प्रा.डा. ओमकारेश्वर श्रेष्ठ, डा. चुन्दा वज्राचार्य, नेवाः सेनामि दबूका उपाध्यक्ष कृष्णभक्त मानन्धरलगायतको उपस्थिति थियो । मन्तव्यका क्रममा मानन्धरले नेवारहरुको मुख्य पहिचान नेपालभाषा भएकोले यसको संरक्षण गर्न पनि नेपालभाषाको पाठ्यसामग्री आवश्यक रहेको बताउँदै प्रत्येक विद्यालयमा नेपालभाषाको लागि शिक्षकको कोटा अनिवार्य रुपमा राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा काठमाडौं महानगरपालिकाका शिक्षा विभागका निमित्त अधिकारी तारापति खरेलको पनि उपस्थिति थियो । उनले नेपालभाषाको पाठ्यसामग्री तयार गर्न काठमाडौं महानगरपालिकाले सक्दो सहयोग गर्ने बताए । कार्यक्रमलाई वरुणप्रसाद वैद्यले संचालन गरेका थिए ।

(नेवाः सुचना केन्द्रको सहयोगमा)

Categorized in उपत्यका