सय वर्षअघिको ल्हासा पुस्तकमा
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ४, मंगलबार
काठमाडौं– सय वर्षअघिको ल्हासा (तिब्बत)बारे लेखिएको पुस्तक शनिबार (चैत २ गते) प्रकाशनमा आएको छ ।
नेपाल स्काउटका गुरु जगतवीरसिंह कंसाकारले नेपालभाषामा लेखेको ‘सच्छिदँ न्ह्यःया ल्हासा’ (सय वर्षअघिको ल्हासा) पुस्तकको प्रमुख अतिथि हितकरवीरसिंह कंसाकार, २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्य र समाजसेवी पूर्णवीरसिंह कंसाकारले संयुक्त रुपमा विमोचन गरेका थिए ।
पुस्तकबारे बोद्धविद्वान एवं साहित्यकार लोचनतारा तुलाधरले समीक्षा गरेका थिए । नेपाल र ल्हासाको घनिष्टता देखाइएको यस पुस्तकले नेपाल–चीनबीचको सम्बन्धलाई घनिष्ठ बनाउन मद्दत गर्ने विचार तुलाधरले राखेका थिए ।
पूर्णवीरसिंह कंसाकारको सभापतित्वमा भएको कार्यक्रममा नविना श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । अतिथिहरुलगायत रीना बनिया र लेखक जगतवीरसिंह कंसाकारले आ–आफ्नो मन्तव्य दिएका थिए ।
मछिन्द्र रोभर रेन्जर स्काउट क्यूको आयोजनामा काठमाडौं मासंगल्लीस्थित प्रदीप्त पुस्तकालयमा उक्त कार्यक्रम भएको थियो । मछिन्द्र क्लबका अध्यक्ष प्रबोध कंसाकारले कार्यक्रमलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
सुगतरत्न सिन्दुराकारको सहयोगमा
Categorized in उपत्यका