STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल ऊल हाउसमा ५ रुपैयाँमै मास्क

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– काठमाडौं भोटाहिटीस्थित नेपाल ऊल हाउसले ५ रुपैयाँमा मास्क बिक्री गरिरहेको छ । कोरोना भाइरसको कारण बजारमा मास्क अभाव भइरहेको र पाएका माक्स पनि महँगोमा किन्नुपर्ने अवस्था रहेकोले आफूसँग स्टक रहेको मास्कलाई सस्तोमै बेचिरहेको ऊल हाउसका प्रोप्राइटर एवं समाजसेवी ज्ञानेन्द्र तुलाधरले जनजाति खबरलाई जानकारी दिएका छन् । तुलाधरका अनुसार आफ्नो लागत नै प्रतिमास्क ९ रुपैयाँ रहे पनि बजारमा मास्कको अभाव रहेको तथा कालोबजारी बढिरहेकोले आफूले सस्तोमा मास्क बिक्री गरेको जानकारी दिएका छन् । भोटाहिटीमा रहेको ऊनको लागि प्रख्यात नेपाल ऊल हाउसले पाँच दिनभित्र २० हजार मास्क बिक्री गरिसकेको जानकारी दिएका छन् ।
Categorized in उपत्यका