STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वडासदस्यको पहलमा मखनटोलमा हातधुने व्यवस्था

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– कोरोना भाइरस संक्रमणले भयावह रुप लिइरहेको सन्दर्भमा नेपाल सरकारले यसविरुद्ध कडा कदम चालेपछि जनजीवन समेत प्रभावित बनेको छ । विश्व स्वास्थ्य संगठनलगायत स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट बच्ने विभिन्न उपायहरु सार्वजनिक गरिसकेका छन् । यसक्रममा काठमाडौं महानगरपालिका २४ वडा मखनटोलमा कोरोना भाइरस संक्रमणबाट बच्न बटुवाको निम्ति स्यानिटरिज डिटोल पानीबाट हात धुने व्यवस्था गरिएको छ । काठमाडौं २४ वडाका वडासदस्य विनोद तुलाधरको पहलमा यस्तो हातधुने व्यवस्था भएको हो । यसले सम्पूर्ण वडाबासी खुशी भएका छन् भने यसलाई उल्लेखनीय कार्य भनी टिप्पणी गरेका छन् । हात धुने व्यवस्थाको लागि स्थानीय व्यापारीलगायत स्थानीय संघसंस्था एवं स्थानीय जनसमुदायले सहयोग गरेका छन् । काठमाडौंमा कोरोना भाइरसविरुद्ध भएको पहिलो सार्वजनिक सचेतना कार्यक्रमको रुपमा यसलाई लिनुपर्ने स्थानीयबासीको दावीे छ ।
Categorized in उपत्यका