STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सेतो मछिन्द्रनाथको रथयात्रा अनिश्चित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– कोरोना भाइरस पूर्वनियन्त्रणको लागि सरकारले विविध निर्णय गरेपछि काठमाडौंमा मनाइने आर्यावलोकितेश्वर (सेतो मछिन्द्रनाथ)को रथयात्रा पनि अनिश्चित हुन पुगेको छ । यही आउँदो चैत १९ गते अष्टमीदेखि तीनदिनसम्म मनाइने रथयात्रा विश्व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको त्रासको कारण अनिश्चित हुन पुगेको हो । जात्रालाई लिएर चैत ७ गते शुक्रबार सेतो मछिन्द्रनाथका पुजारी एवं २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्यलगायत वडाका सदस्यहरु, स्थानीय अगुवाहरुको एक समूहले गुठी संस्थानका पदाधिकारीहरु भेटी छलफल गर्ने भएको छ ।
Categorized in उपत्यका