STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लगन टोलको शीलखाना अब ‘खुल्ला चौर’ हुने

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ५, बुधबार

काठमाडौं– काठमाडौं महानगरपालिका २१ वडास्थित लगनमा रहेको भीमसेन थापाकालीन शीलखाना अब खुल्ला चौरमा परिणत हुनेभएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि क्षतिग्रस्त शीलखानालाई पूर्णरुपमा भत्काएर खुल्ला चौरमा परिणत गर्न लागिएको हो । शीलखाना दरबार हुँदा लगन–यंगालको बाटो नै साँघुरो रहेको थियो भने भूकम्पपछि उक्त बाटोलाई पनि चौडा गरिएको थियो । काठमाडौं २१ वडाका वडाध्यक्ष उदयचुडामणि वज्राचार्यले जनजाति खबरलाई जनाएअनुसार उक्त स्थानमा रहेको शीलखाना पूर्णरुपमा हटाएर त्यहाँ खुल्लाचौर र व्यवस्थित पार्क निर्माण हुने भएको छ । भीमसेन थापाले आफ्ना भाइ रणवीर थापाको लागि दरबार बनाउन स्थानीय शाक्यहरुको जग्गा अधिकरण गरी लिएका थिए । तर रणवीर थापा ‘स्वामी अभयानन्द’को रुपमा जोगी बनेपछि उक्त दरबारलाई काम नलाग्ने हतियार भण्डार गर्ने शीलखानाको रुपमा प्रयोग गरिएको थियो । वडाध्यक्ष शाक्यका अनुसार शीलखाना दरबारभित्र अझै पनि शाक्यहरुले प्रतिष्ठापन गरेका चैत्य रहेका छन् । शीलखाना दरबार करिब ५ रोपनी जग्गामा निर्माण गरिएको थियो ।
Categorized in उपत्यका