STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विराट गुथिको ई–साहित्य वाचन

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २, मंगलबार

विजयरत्न असंबरे

काठमाडौं– विराट नेपालभाषा साहित्य सम्मेलन गुथि, भक्तपुरको आयोजनामा सोमबार वैशाख १ गते ‘विराट ई–साहित्य वाचन’ सम्पन्न भयो । विश्वमा महामारीको रुप लिई फैलिरहेको कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुन जारी लकडाउनको समय zoom cloud meeting नामक एप्स् प्रयोग गरी कार्यक्रम सञ्चालन गरिएको थियो । गुथिका पूर्वअध्यक्ष एवं सल्लाहकार त्रिरत्न शाक्यले आफ्नो कविता वाचन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा गोबिन्दमान श्रेष्ठ, त्रिरत्न शाक्य, भगतदास श्रेष्ठ, केबलप्रसाद कायस्थ, राजभाइ जकस्मि, श्याम आशा, कृष्णभक्त बोडे, नारद बज्राचार्य, डा. पुष्पराज राजकर्णिकार, डा. बालगोपाल श्रेष्ठ, श्रीलक्ष्मी श्रेष्ठ, सुधिर ख्वबि, पुष्परत्न तुलाधर, जुजुकाजी रंजित, नवीनप्रकाश श्रेष्ठ, नरेश अमात्य, राजेन्द्र रंजित, महेन्द्रराज शाक्य, प्रदीप शाक्य, तेजकृष्ण श्रेष्ठ, रेणु श्रेष्ठ, ‌ओमकृष्ण श्रेष्ठ, अमिरमैंया रंजित, रेखा शाक्य, हरिगोबिन्द भोमी, बाबुकाजी सुवाल, कविन्द्रलाल प्रधान, सोना तचामो व बि.के. माकजु गरी २९ जना साहित्यकारहरुले आ–आफ्ना रचना वाचन गरेका थिए । गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यको संयोजक रहेको कार्यक्रमको प्राविधिक व्यवस्थापन विजय कर्माचार्यले गरेका थिए । फेसबुकमा लाइभ भएको सो कार्यक्रममा सहभागी हुने साहित्यकारहरुले घरबाटै साहित्य वाचन गराई सिर्जनात्मक कार्यक्रमको आयोजना भएकोले यसले लकडाउनको सदुपयोग भएको बताएका छन् ।
Categorized in उपत्यका