STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टुटल र पठाओले आफ्नो सेवा सुरु गरे

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १८, बिहिबार

काठमाडाैं - काेराेना महामारी र जारी लकडाउनका कारण बन्द रहेको टुटल र पठाओले अब आफ्नो सेवा सुरु गरेका छन्। सार्वजनिक यातायात नचलेको अवस्थामा ग्राहकलाई सेवा दिन मात्र सेवा सुरु गरिएको जनाइएकाे  छ । महामारीको अवधिभर राइडरसँग कुनै पनि कमिसन नलिई सेवा शुल्क घटाएकाे टुटलले जनाएकाे छ । त्यस्तै राइडरलाई ग्लब्स, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड पनि ल्याएकाे छ । त्यस्तै पठाओले दैनिक ५० जना राइडरको दरले राइडरलाई अनुमती दिदै सेवा बढाइ रहेको जनाइएकाे छ। पठाओले राइडरलाई प्रोटेक्टिभ सुट अनिवार्य गरेकाे छ भने दिनमा ५० जनालाई बोलाएर सुट वितरण गरी सेवा गरेकाे जनाइएकाे छ ।
Categorized in उपत्यका