STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डिल्लीबजार कारागारको जीर्ण भवन भत्कियो

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ६, शनिबार

काठमाडाैं - डिल्लीबजारस्थित सदर खोर कारागारको बाहिरी क्षेत्रमा रहेको जीर्ण भवन भत्किएको छ । शुक्रबार राति करिब ९:३५ बजेतिर उक्त भवन भत्किएको हो । भीआईपी कैदीसहित ६१२ जना कैदी रहेको कारागार भवनको गारो भत्किएर बिजुलीको तार थिच्दा ट्रान्समिटर पड्किएको थियाे ।  थुनुमा रहेका कोही पनि कैदीबन्दी भने भाग्न नपाएको कारागार प्रशासनले जनाएको छ । जीर्ण रुपमा रहेको भवन वर्षाको कारण भत्किएको जनाइएकाे छ । घटनाका कारण डिल्लीबजारको बाटो अवरुद्ध छ । लामो समयदेखि खाली रहेको जीर्ण भवनमा भीआईपी कैदीहरु सांसद रेशम चौधरी, रामचन्द्र प्यासी, पूर्व डीआईजी रञ्जन कोइराला रहेका थिए । प्रहरीका अनुसार मानवीय क्षती भएको छैन ।
Categorized in उपत्यका