relans
ni new 83
nib 2082 5

शिक्षण अस्पतालका थप ४ स्वास्थ्यकर्मीमा संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३०, शुक्रबार

काठमाडौं – शिक्षण अस्पताल महाराजगञ्जका थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । योसँगै शिक्षण अस्पतालमा २२ जनालाई कोरोना पुष्टि भएको छ। संक्रमण बढेसँगै अस्पतालकाे इमर्जेन्सी वार्ड सिल गरिएकाे छ । गत बुधबार इमर्जेन्सी वार्डमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरूको सम्पर्कमा आएका लगभग १ सय स्वास्थ्यकर्मीको स्वाब संकलनका लागि पठाइएको थियो। तीमध्ये थप ४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक सन्तकुमार दासले जानकारी दिए। स्वाब परीक्षण गरिएका सबैलाई कोरोना देखिएको अवस्थामा अस्पतालले नै उपचारको व्यवस्था मिलाउने संयोजक दासले बताए।
Categorized in उपत्यका
ppp 2