STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ जेठ २०, मंगलबार

    ज्येष्ठ नागरिक भत्ता बाँड्न महानगरपालिकाका जनप्रतिनिधि जनताको घर–दैलोमा

    जेष्ठ नागरिक भन्छन्– ‘सरकार घर–दैलोमै आएको अनुभूति भयो’ विजयरत्न असंबरे काठमाडौँ । लकडाउन जारी रहेकै बेला काठमाडौँ महानगरपालिका वडा–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन इखापोखरीकी ८९ वर्षीया विष्णुप्रिया मालीको निवासमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ता बोकेर पुग्दा मालीको अनुहारमा खुशीको चमक देखिन्थ्यो । वडाध्यक्ष महर्जनले मालीको हातमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ताका रुपमा रु १२ हजार थमाएपछि...

  • २०७७ जेठ १९, सोमबार

    कालीमाटी वृत्तका सबै प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडाैं - महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यसमातहत सबै प्रहरीको कोरोनाभाइरसको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। जेठ ६ गते दुई प्रहरीमा संक्रमण देखिएपछि वृत्त र त्यहाँभित्र रहेको महिला सेल तथा ट्राफिक प्रहरी कार्यालय सिल गरिएको थियो। आइतबार त्यहाँभित्र रहेका सबै प्रहरी अधिकारीको रिपोर्ट नेगेटिभ आएपछि काम सुचारू भएको छ। दुई जनामा संक्रमण देखिएपछि २३० भन्दा बढीको परीक्षण गरिएको थियो ।...

  • २०७७ जेठ १८, आइतबार

    नेवार समुदायलाई लकडाउनमा सचेत र सतर्क रहन नेवाः जागरण मञ्चको आह्वान

    काठमाडौं – लकडाउन लम्बिँदै जाँदा यसले विकराल रुप लिई विविध समस्या दिइरहेको सन्दर्भमा नेवाः जागरण मञ्चले एक वक्तव्य प्रकाशित गरी नेवार समुदायलाई विभिन्न पहलहरु गर्न सार्वजनिक आह्वान गरेको छ । मञ्चका अध्यक्ष सुजीव वज्राचार्यले आइतबार निकालेको वक्तव्यमा लकडाउनको समय एकापसमा मानवीय र आर्थिक सहयोगको भावना जागृत गरी व्यक्तिगत र संघसंस्थामार्फत् पहल लिन अनुरोध गरेको छ । यसैगरी, लकडाउनपश्चात् आउनसक्ने...

  • २०७७ जेठ १७, शनिबार

    कोभिड जस्तो अदृष्य शत्रुसँगको लडाईँ जित्न सबैको सहकार्य आवश्यक : मेयर शाक्य

     विजयरत्न असंबरे काठमाडौँ महानगरले चिकित्सक संघलाई ज्याकेट प्रदान आफ्नो ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार ३ सय थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण...

  • २०७७ जेठ १६, शुक्रबार

    डेंगुबाट सुरक्षित रहन कीटनाशक औषधि छरियो

    काठमाडौं – उपत्यका गर्मी र लामखुट्टे बढेसँगै डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि विभिन्न वडामा केही दिनअघिदेखि कीटनाशक औषधि छर्किने काम हुँदैछ । काठमाडौंको भित्री शहरका सम्पूर्ण वडाका मुख्य सडकसहित गल्ली र चोकहरुमा कीटनाशक औषधि छर्किएको छ । काठमाडौं महानगरपालिका वातावरण विभागले कोरोना भाइरसको संक्रमण बढिरहेको समय डेंगुको प्रकोप नहोस् भनेर लामखुट्टेनाश औषधि छर्किएको बताएको छ । गत वर्ष उपत्यकाको...

  • २०७७ जेठ १०, शनिबार

    भक्तपुरका जनप्रतिनिधिलाई काेराेना संक्रमण

    एक महिला जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर नगरपालिका उच्च सर्तकता अपनाइएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण पुष्टि भएको हो । भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको जनाइएकाे छ । उनकाे रिपोर्टमा पोजेटिभ आएपछि उनकाे टोल...

  • २०७७ जेठ १०, शनिबार

    ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण, अस्पताल नै सिल गर्ने तयारी

    काठमाडौं - काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल नै सिल गर्ने तयारी भइरहेकाे छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना स‌ंक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको तर त्यहाँ कार्यरत कर्मचारी रहेकाे अस्पतालले जनाएको छ ।

  • २०७७ जेठ १०, शनिबार

    कीर्तिपुरका ९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

    काठमाडौं – कोरोना परीक्षणअन्तर्गत आरडिटी परीक्षणमा पोजेटिभ आएका कीर्तिपुरका ९ जना स्थानीयको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुले शनिबार दिएको रिपोर्टमा तिनको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । आरडिटी रिपोर्ट पोजेटिभ आएपछि उनीहरु राराहिल स्कुल र त्रिविको क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टाइनबाट घर जान अनुमित मिलेको छ । मेयर रमश...

  • २०७७ जेठ ९, शुक्रबार

    साँखुमा १४ जनाको आरडिटी पोजेटिभ, नगरपालिका सिल

    काठमाडौं – कोरोना संक्रमणको आरडिटी परीक्षणमा साँखुका १४ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । योसँगै शंखरापुर नगरपालिका अनिश्चितकालका लागि सिल गरिएको छ । शुक्रबार जेठ ९ गते बिहान १० बजेदेखि नगरपालिकामा भित्रिने तथा बाहिरिने नाकाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सिल गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन् । शंखरापुर नगरपालिकाको सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरसँग सिमा जोडिएको छ । भोलिदेखि ती...

  • २०७७ जेठ ८, बिहिबार

    उपत्यका छिर्ने सबै नाका सिल गर्न गृहको निर्देशन

    काठमाडौं – गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो । जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप...

  • २०७७ जेठ ८, बिहिबार

    टोखाका १३ जनामा आरडिटी पोजेटिभ

    काठमाडौं – कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले आरडिटी परीक्षण गरेको थियो । टोखाका ७९३ जनामा गरेको आरडिटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । नगरपालिकाभित्रका तरकारी तथा फलफूल, किराना पसले, जनप्रतिनिधि, सुरक्षाकर्मी, विदेशबाट आएका व्यक्ति र विभिन्न...

  • २०७७ जेठ ६, मंगलबार

    कीर्तिपुरका चारजना सफाइ कर्मचारीको आरडिटी पोजेटिभ

    कीर्तिपुर – कीर्तिपुर नगरपालिकाको संयोजनमा सोमबार पहिलोपटक कोरोना संक्रमण परीक्षण थालिएको छ । सरफाइ कर्मचारीमा गरिएको उक्त परीक्षणमा चारजनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । दुईजना महिला र दुईजना पुरुषमा आरडिटी पोजेटिभ देखिए पनि पिसिआर रिपोर्ट आउन बाँकी छ । नगरपालिकाको संयोजनमा कीर्तिपुर अस्पताल र त्रिभुवन विश्वविद्यालयको संयुक्त पहलमा परीक्षण भएको हो । नगरपालिकाका मेयर रमेश महर्जनको पहिलो...

Pages