STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ भाद्र १८, बिहिबार

    कारागारमा संक्रमण फैलिन नदिन उच्च सावधानी

    काठमाडौँ – गृह मन्त्रालयले कारागारका कैदी/बन्दीमा कोभिड–१९को सङ्क्रमण फैलिन नदिन उच्च सावधानी अपनाइएको जनाएको छ । विभिन्न कारागारका कैदी/बन्दीमा कोभिड–१९ सङ्क्रमणसँग जोडेर आएका टिप्पणी, प्रतिक्रिया र समाचारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले सङ्क्रमण फैलिन नदिन पूर्ण सजक रहेका प्रष्ट पारेको हो । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी कारागारमा थप जोखिम हुन नदिन, कोरोना...

  • २०७७ भाद्र १८, बिहिबार

    थिमिमा कोरोनाले आमापछि छोराको मृत्यु

    भक्तपुर – कोरोना सङक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन् । यही भदौ १३ गते सङ्क्रमित आमाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको र सोही अस्पतालमै भेन्टिलेटरमा उपचारका क्रममा सङ्क्रमित छोराको गए राति मृत्यु भएको हो । छोराबाट आमामा सङ्क्रमण भएको आशङ्का गरिएको छ ।...

  • २०७७ भाद्र १८, बिहिबार

    रातो मछिन्द्रनाथ रथयात्रामा तनाव • स्थानीय र प्रहरीबीच झडप • अश्रुग्यास र पानीकाे फोहोरा हानियाे

    काठमाडाैं – रातो मछिन्द्रनाथको रथयात्रा विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले रथ तान्न खोज्दा प्रहरीले रोकेपछि झडप सुरु भएको हो । झडपपछि स्थानीयले प्रहरीलाई ढुङ्गामुढा प्रहार गरेका थिए । विवाद बढ्दै गएपछि ललितपुरको पूल्चोक लागा तनावग्रस्त बनेको थियो । स्थानीय जिल्ला प्रशासनलाई रथयात्रा गर्न पटक पटक आग्रह गरे पनि कोरोनाको कारण प्रशासनले यसमा रोक लगाइरहेको थियो । तर प्रशासनले...

  • २०७७ भाद्र १८, बिहिबार

    निषेधाज्ञा हैन कर्फ्यु नै लगाउनुपर्छ : उपत्यका मेयर फोरम

    काठमाडाैं – स्वरुप परिवर्तनसहितको निषेधाज्ञामा काठमाडौँ उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । फोरमले बिहीबार विज्ञप्ति जारी गर्दै उपत्यकामा कोरोना नियन्त्रण गर्नलाई कडा निषेधाज्ञा तथा कर्फ्यु लगाउनुपर्ने बेलामा निर्माण व्यवसायीलाई निर्वाधरुपमा काम गर्न दिने व्यवस्थाले कोरोना नियन्त्रण गर्न कठिनाइ हुने जनाएको हो । फोरमले सरकारलाई उपत्यकामा कर्फ्यु लगाउनुपर्ने सुझाव दिएको थियो ।...

  • २०७७ भाद्र १८, बिहिबार

    रातो मछिन्द्रनाथ रथयात्रामा प्रहरी दमनको नेवाः देय् दबूद्वारा विरोध

    काठमाडौं – नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूले ललितपुरमा आज (बिहीबार) भएको स्वतःस्फूर्त रथयात्राको क्रममा प्रहरीले गरेको दमनको घोर विरोध गरेको छ । नेवाः देय् दबू जिल्ला समिति ललितपुरका अध्यक्ष हिराकाजी महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सरकार र सरोकारवालालाई दबाब दिन स्थानीय जनता, भक्तजन र संस्कृति सम्पदाप्रेमीहरुले रथयात्रा गर्न खोज्दा सरकारले गरेको लाठीचार्ज, पानीको फोहोरा...

  • २०७७ भाद्र १८, बिहिबार

    साझा पार्टीले प्लाज्मा थेरापी गर्न सघाउने छ - माननीय प्रदेश सांसद शोभा शाक्य

    विजयरत्न असंबरे – कोरोना भाइरसको संक्रमणको जोखिम झन झन बढ्दै गईरहेको र यसको उचित उपचार गर्न कुनै खोप वा औषधी नबनिसकेको यस विषम घडिमा साझा पार्टीले यस रोगको उपचारको रुपमा लिइएको प्लाज्मा थेरापी गराउन चाहनेहरुलाई सघाउने कुरा प्रकाशमा ल्याएको छ । यो प्लाज्मा थेरापी अन्तर्गत कोरोना संक्रमणलाई जितेका अर्थात कोरोना रोगको सफल उपचार गराएकाहरुको रगतलाई प्रयोग गरी संक्रमित रोगीको उपचार गरिने गरिन्छ र यो...

  • २०७७ भाद्र १८, बिहिबार

    ललितपुरमा शुक्रबार कर्फ्यू

    काठमाडौं – ललितपुर क्षेत्रमा भोलि शुक्रबार ‍दिनभरिकाे लागि कर्फ्यू आदेश जारी भएकाे छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर आज दिनभर नै पुल्चोक क्षेत्र तनावग्रस्त बनेकाे थियाे ।

  • २०७७ भाद्र १७, बुधबार

    क्षमापूजामा सीमित इन्द्रजात्रा, सुनसान हनुमानढोका

    काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा हेर्न यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट व्यक्तित्व हनुमानढोका दरबारको गद्दी बैठकमा जानुभएन । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले गर्नुभएको सङ्कल्पको पूजा सामग्री ल्याई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको क्षमा पूजा गरिएको गुठी संस्थान...

  • २०७७ भाद्र १७, बुधबार

    इन्द्रदह मेला स्थगित

    काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लाग्ने स्नान मेला स्थगत भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । मङ्गलबारदेखि नै इन्द्रदह क्षेत्रमा प्रहरी र जनप्रतिनिधिले जम्मा भएका केही...

  • २०७७ भाद्र १७, बुधबार

    काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गरौँ : प्रदेश सांसद शाक्य

    विजयरत्न असंबरे – बागमती प्रदेशका प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यले काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने बताउनुभएको छ । उहाँले अहिलेको अवस्था हेर्ने हो भने संक्रमण फैलिएको स्थान र क्षेत्रलाई हेरेर स्वास्थ्य संकटकाल घोषणा गर्नु उपयुक्त देखिन्छ भन्नुभएको छ भने यसको लागि नागरिक तहबाट पनि सहयोगको आवश्यक रहेको कुरा उल्लेख गर्नु भएको छ । १४ दिन देखि २१ दिनसम्मको स्वास्थ्य...

  • २०७७ भाद्र १७, बुधबार

    जोरपाटी–सुन्दरीजल सडकको काम शुरु

    काठमाडौँ – बिस्तारका क्रममा रहेको जोरपाटी सुन्दरीजल सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने खालका काम शुरु भएको छ । निषेधाज्ञाका समयमा पैदलयात्रु मार्ग, हिमपाइपलगायतका संरचना निर्माणको काम भइरहेको हो । कोभिड–१९ को त्रासका कारण सडक निर्माणका धेरै काम गर्न नसकिने भएकाले सकिने काम गर्न थालिएको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । बिस्तारित सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने काम भइरहेको आयोजना...

  • २०७७ भाद्र १७, बुधबार

    उपत्यकाका ३८८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना भाइरसको स‌ंक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । यसैगरी ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । हिजाे म‌ंगलबारमात्र उपत्यकामा ४८१ जनामा संक्रमण देखिएकाे थियाे ।

Pages