STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रथयात्राको झडपमा पक्राउ परेका १७ मध्ये तीनजना रिहा

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – गत भदौ १८ गते बिहीबार ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथ रथयात्राको क्रममा झडप हुँदा प्रहरीले पक्राउ गरेका १७ जनामध्ये ३ जनालाई रिहा गरेको छ । आइतबार तीनजनाई रिहा गरेपनि हिरासतमा रहेका १४ जनाविरुद्ध सार्वजनिक शान्तिविरुद्धको आरोपमा मुद्दा चलाइएको छ । महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी टेकप्रसाद राईले हिरासतमा रहेकाविरुद्ध सार्वजनिक मुद्दाअन्तर्गत सात दिने म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । राईले तिनलाई संक्रमण ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ र ज्यान मार्ने उधोगअन्तर्गत मुद्दा आकर्षित हुने बताए । प्रहरीले अझै दुईजनाको खोजि भइरहेको जनाएको छ ।
Categorized in उपत्यका