STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रातो मछिन्द्रनाथलाई बुंगमति लगिने साइत भदौ २९ गते

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – कोरोनाको कारण लामो समयदेखि रोकिएको रातो मछिन्द्रनाथको जात्रा सांकेतिक रथयात्रा पछि अब समाप्त हुने साइत पनि जुरेको छ । रथयात्रा पछि रातो मछिन्द्रनाथलाई बुंगमति लगिनुपर्नेमा ज्योतिषहरुले सोमबार बुंगमति लाने साइत भदौको २९ गतेलाई जुराएको बुंगःद्यः जात्रा व्यवस्थापन समितिका संयोजक एवं ज्यापु समाज ललितपुरका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिनुभएको छ । महर्जनले दिनुभएको जानकारी अनुसार मछिन्द्रनाथलाई बुंगमती लगेको चार दिनपछि पुल्चोकमा नै रथ भत्काउने काम सुरु गरिनेछ । गत भदौ १८ गते रथयात्राको क्रममा पुल्चोकमा झडप भएपछि स्थानीय निकाय र सरोकारवाला समूहबीच वैठक बसी जात्रा टुंग्याउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार क्षमा पूजा र सांकेतिक रथयात्रा सम्पन्न भइसकेको छ । अब ज्योतिषले जुराएको साइतमा खटमा राखेर रातो मछिन्द्रनाथलाई बुंगमति लगेपछि यो वर्षको जात्रा सकिनेछ ।
Categorized in उपत्यका