STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवार अभियन्ताहरुलाई रिहा गर्न संघीय गठबन्धनको माग

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – मच्छिन्द्रनाथको रथयात्राको क्रममा पक्राउ गरिएका नेवार अभियन्ताहरुलाई तुरुन्त रिहा गर्न पहिचानमा आधारित संघीय गठबन्धन २०६५ ले माग गरेको छ । आज भदौ २२ गते सोमबार एक प्रेस विज्ञप्ति जारी गरी गत भदौ १८ गते ललितपुरको पाटन पुल्चोकमा नेवार समुदायको परम्परागत मछिन्द्रनाथको रथयात्रा गर्ने क्रममा नेवार अभियन्ताहरु असोज महर्जन, यादवलाल कायस्थ, महेश बज्राचार्य, पृथबिन्दु महर्जन, रवि शाक्य, रविन शाक्य, सुबिन शाक्य, ध्रुुवराज बज्राचार्य, श्याम श्रेष्ठ गरी ९ जनालाई पक्राउ गरेकोमा उनीहको रिहाइको माग गरेको हो । विज्ञप्तिमा भनिएको छ, “वर्तमान सरकार शक्तिले मात्तिएको मत्ताहात्तीको रुपमा प्रस्तुत भएकोले उक्त दिन त्यहाँ केही असहज वातावरण बन्यो । उक्त असहजतालाई प्रशासन र सम्बन्धित नेवाः समुदायहरु बसेर समाधान गर्नु पर्नेमा पक्राउ गरिएका नेवाः अभियन्ताहरुलाई खोकना प्रतिरोध, सडक बिस्तार पीडित आन्दोलनको बिषयहरु जोडेर यातना दिने, मुद्दा हाल्ने, आफन्तहरुलाई भेट्न नदिनेजस्ता अति निन्दनीय कार्य नेपाल सरकारले गरिरहेको छ ।” संघीय गठबन्धनले सरकारको यस्ता घृणित कार्यको घोर भत्र्सना गर्दै पक्राउ गरिएका नेवाः अभियन्ताहरुलाई विनाशर्त तुरुन्त रिहा गर्नुपर्ने माग राखेको छ । नेवार समुदायलाई दबाउने हर्कत नेपाल सरकारले जारी राखेमा नेवार समुदायको आन्दोलनमा साथ दिन लिम्बुवान, खम्बुवान, शेर्पा, तामाङसालिङ, मधेश, तमुवान, मगरात, खसान, थरुहट, दलित शिल्पी समुदायलगात १०१ प्रान्तहरु तयार रहेको चेतावनी पनि गठबन्धनले सरकारलाई दिएको छ । पहिचानमा आधारित संघीय गठबन्धन २०६५ मा आबद्ध संस्थाहरु नेपाः राष्ट्रिय पार्टीको तर्फबाट डा. विजय सैंजु, खम्बुवान राष्ट्रिय मोर्चाका आर के खम्बु, खशान राष्ट्रिय संघर्ष समितिका प्रेम बहादुर खाती, नेपाल राष्ट्रिय परिषद, नेपाल लोकतान्त्रिक पार्टीका भानुराम थारु, आदिवासी जनजाति पार्टी, नेपालका बुद्धराज तामाङ, थरुहट थारुवान राष्ट्रिय मोर्चाका लक्ष्मण थारु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कुमार लिङ्देन ‘मिराक’, मगरात संघर्ष समितिका राम मगर र तराइ मधेश राष्ट्रिय परिषदका विकासकुमार ठाकुरले संयुक्त रुपमा हस्ताक्षर गरी सो विज्ञप्ति जारी गरेको थियो ।
Categorized in उपत्यका