STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पक्राउ परेकालाई रिहा गर्न ३५ संघसंस्थाको माग, रिहाइकाे लागि जनस्तरबाट प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – रातो मछिन्द्रनाथ रथयात्राको क्रममा पक्राउ परेका सम्पदा अभियन्ताहरुलाई रिहा गर्न जनस्तरबाटै प्रदर्शन थालिएको छ । साथै नेवाः युथ अर्गनाइजेशनलगायत विभिन्न ३५ वटा संघसंस्थाले पनि उनीहरुको रिहाइको माग गरेका छन् । नेवार अगुवा पवित्र वज्राचार्यको सभापतित्वमा आइतबार बिहान काठमाडौंको ओलम्पस क्लबमा ३५ वटा संघसंस्था सम्मिलित बैठकपछि एउटा वक्तव्य जारी गरी पक्राउ परेकाको रिहाइको माग गरेको छ । सम्पदा आन्दोलनका अभियन्ता एवं समाजवादी नेवाः संघका राजाराम तण्डकाुरले सामाजिक सञ्चालपाखे ३५ वटा संघसंस्थाले संयुक्त रुपमा जारी गरेको वक्तव्य पढेर सुनाउनुभएको थियो । जनस्तरबाट पनि रिहाइको माग ललितपुरको हरिसिद्धिमा पक्राउ परेकाको रिहाइको माग गर्दै स्थानीयले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । स्थानीय महिला, पुरुष तथा बालबालिकाहरुको सहभागितामा उनीहरुले सम्पदा अभियन्ताहरुको तत्काल रिहाइको माग गरिएका विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए । यसैगरी, झडपपछि धरपकड गरी पक्राउ परेका अभियन्ताहरुको तत्काल रिहाइको माग गर्दै दबाब दिन मध्यपुर थिमि शंखधर चोकमा पनि जनसमुदायले प्रदर्शन गरेको थियो । यसैगरी, रथयात्राको क्रममा सरकारले गरेको दमन र पक्राउ परेकाको रिहाइको लागि दबाब दिन तराई मधेसबासीहरुले प्रदर्शन गरे । तराई मधेसबासीहरुले नेवार संस्कृति, जात्रामा भएको अतिक्रमणविरुद्ध देखाएको ऐक्यबद्धताको जनस्तरबाट प्रोत्साहन पाइरहेको छ । तस्बिर : विभिन्न सामाजिक सञ्जाल
Categorized in उपत्यका