STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सम्पदाअभियन्ताको रिहाइ माग्दै खोकनामा शान्तिपूर्ण प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – रातो मछिन्द्रनाथको रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै आज सोमबार खोकनामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ । खोकनाकै स्थानीय अभियन्ता अशोजकुमार महर्जन लगायत उहाँसँगै हिरासतमा रहेका अन्यहरुको बिना शर्त अबिलम्ब रिहाइको माग राखी खोकनाका स्थानीय स्वतःस्फूर्त रुपमा प्रदर्शन उत्रिएका हुन् । राज्यको गलत नियतको कारण प्रशासनले गलत आरोपमा पक्राउ परेका नेवार सम्पदा अभियन्ताहरु हिरासतमा रहनुपरेको आजबाट चार दिन भएको छ । उनीहरुको रिहाइको लागि अहिले नेवार समुदायले टोल–टोलमा जनदबाबमूलक प्रदर्शनहरु आयोजना गरिरहेका छन् ।

तस्बिर साैजन्य ः जः डंगोल/नेवाः म्हसीका फेसबुक

Categorized in उपत्यका