STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ईन्द्रजात्राको क्षमापूजाको प्रसाद शीतलनिवासमा

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं –  ईन्द्रजात्रालाई यस वर्ष क्षमापूजामै सम्पन्न गराइएपछि क्षमापूजाको प्रसाद राष्ट्रपतिको कार्यालय शीतल निवासमा लगिएको गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जनाएको छ । यसअघि ईन्द्रजात्राको अन्तिम दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति कुमारी घर पुगेर कुमारीको हातबाट टिका र प्रसाद ग्रहण गर्ने परम्परा रहिआएको थियो । तर यस वर्ष कोरोनाको कारण रथयात्रा तथा अन्य सार्वजनिक कार्यक्रमहरु स्थगित भएका थिए । काठमाडौंमा कोरोना जोखिम बढेको र दिनानु संक्रमितको संख्या बढेसँगै स्थानीय निकायले जारी गरेको निषेधाज्ञाका कारण यस वर्ष ईन्द्रजात्रा पर्व स्थगित भएको थियो ।
Categorized in उपत्यका