STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाः च्यानलका संचारकर्मीको तत्काल रिहाइको माग

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २१, आइतबार

काठमाडौं – डेल्टा मल्टिमिडिया प्रोडक्सनद्वारा प्रबद्र्धित नेपाः च्यानल टेलिभिजनमा आबद्ध संचारकर्मी क्यामरापर्सन अमन महर्जनको गिरफ्तारीलाई लिएर डेल्टा मल्टिमिडियाले ध्यानकर्षणसहित निःशर्त रिहाइको माग गरेको छ । डेल्टा मल्टिमिडिया, नेपाः च्यानलका अध्यक्ष भाइकाजी महर्जन नयनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै संचारकर्मी महर्जनको रिहाइको माग गरेका छन् । गत शुक्रबार ललितपुरबाट गिरफ्तार भएका महर्जन बिहीबार रातो मछिन्द्रनाथ रथयात्राको क्रममा भएको झडपको रिपोर्टिङ्ग गरेका थिए । त्यसको भोलिपल्ट उनलाई इमाडोलस्थित आफ्नै घरबाट धरपकड गरी गिरफ्तार गरिएको थियो । रिर्पोटिङ्गको सिलसिलामा पुगेका संचारकर्मीलाई गिरफ्तार गर्नु न्यायसंगत नभएको जनाउँदै डेल्ट मल्टिमिडियाले उनको तत्काल रिहाइको माग गरेका छन् । एक वर्षदेखि नेपाः च्यानलमा आबद्ध संचारकर्मी महर्जनलाई प्रहरीले संचारकर्मी नरहेको गलत प्रचार गरिरहेकोले त्यस्ता तथ्यहीन र आधारहीन तर्कको खण्डन समेत विज्ञप्तिमा गरिएको छ ।
Categorized in उपत्यका