STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ आषाढ २, मंगलबार

    भक्तपुरमा विद्यार्थीलाई निःशुल्क पुस्तक

    भक्तपुर, २ असार - भक्तपुरको मध्यपुर थिमि–४ स्थित बाल प्रेमी माध्यमिक विद्यालय, विष्णुवीरले विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएकाे छ । विद्यालयमा पठनपाठन सुरु नभए पनि अनलाइनबाट कक्षा सञ्चालन भएसँगै पुस्तक वितरण गरिएकाे हाे । तस्बिर : रत्न श्रेष्ठ/रासस

  • २०७७ आषाढ २, मंगलबार

    गुठी आन्दोलनको सम्झनामा असार ४ गते तस्बिर प्रदर्शनी र दीप प्रज्ज्वलन

    काठमाडौं – सरकारले ल्याएको गुठी विधयेकविरुद्ध भएको आन्दोलन असार ४ गते एक वर्ष पूरा हुँदैछ । गुठी आन्दोलन भएको वर्षदिनको सम्झनामा राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सो दिन तस्बिर प्रदर्शनी र बेलुका दीप प्रज्ज्वलनको कार्यक्रम राखेको छ । ‘गुठी आन्दोलनको मर्म पूरा हुन बाँकी छ, हाम्रो खबरदारी निरन्तर छ’ भन्ने नारा बोकी संघर्ष समितिले असार ४ गते दिउँसो १ः३० बजे माइतीमण्डलमा तस्बिर...

  • २०७७ आषाढ १, सोमबार

    काठमाडौँ महानगरपालिकाद्वारा एम्बुलेन्स सेवा स्थगित

    विजयरत्न असंबरे काठमाडौँ महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले बताए अनुसार एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) संग आर्थिक सहयोग गरी काठमाडौँ महानगरपालिकाले लकडाउन अवधीभर निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो र अहिले दुई पक्षबीच भएको सम्झौता आजबाट सकिएको जानकारी दिनुभयो । ‘हामीले लकडाउन अवधिभरीका लागि मात्रै सम्झौता गरेका हौँ,’ उहाँले...

  • २०७७ आषाढ १, सोमबार

    किलागल टाेलका थाकुली रहेनन्

    काठमाडाैं - काठमाडाैं १८ वडा किलागल टाेलका थाकुली (नाइके) राम महर्जनकाे आज बिहान निधन भएकाे छ । ९२ वर्षीय महर्जनकाे नर्भिक अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे । उनकाे अन्तिम संस्कार परम्परागत रुपमा काठमाडाैंकाे इन्द्रायणी परिसरमा हुने भएकाे छ । दिवंगत महर्जनका एक छाेरा र एक छाेरी रहेका छन् ।

  • २०७७ जेठ ३२, आइतबार

    काठमाडौं महानगरपालिकाको एम्बुलेन्सले दियो ४५ सयलाई निःशुल्क सेवा

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिमा करिब ४ हजार ५ सयलाई निशुल्क सेवा प्रदान गरेको छ । हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि महानगरपालिकाले सुरु गरेको निःशुल्क एम्बुलेन्सले लकडाउनमा एकतर्फी करिब ३ हजार र दुईतर्फी करीब ४ हजार ५ सयलाई सेवा दिएको काठमाडौँ महानगरपालिकाका प्रशासन विभागले जनाएको छ ।...

  • २०७७ जेठ ३२, आइतबार

    उपत्यका छिर्न अब नगरपालिकाको अनुमति अनिवार्य चाहिने

    काठमाडौं – सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । गृह मन्त्रालयमा आइतबार बसेको बैठकले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिरहेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गरेको हो । गृहको निर्णयअनुसार अब नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि मात्र उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि...

  • २०७७ जेठ २९, बिहिबार

    लिम्पियाधुरा समाविष्ट नक्साको समर्थनमा दीप प्रज्वलन

    विजयरत्न असंबरे - ललितपुर - लिपुलेक र कालापानी समाबिष्ट नक्शा सहितको संविधान संशोधन प्रस्ताव पारित भएको अवसरमा ललितपुरको मंगलबजारमा स्थानिय युवाहरुको सकृयतामा स्वतःस्फुर्त रुपमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । गुमेको लिम्पियाधुरा सहित नेपालको नया नक्सा सहितको संविधानमा संसोधन प्रस्ताव पाएको उपलक्ष्यमा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा केही स्थानीय युवाहरुले सरकारको सही कदमलाई स्वागत गर्न...

  • २०७७ जेठ २८, बुधबार

    न्यूरोडमा बुधबार पनि पसल खोल्न दिएनन्, ठाेस निर्णय नभए आन्दाेलन गर्ने व्यवसायीकाे चेतावनी

    काठमाडौं - न्यूरोड क्षेत्रका व्यापारीहरुलाई पसल खोल्न बुधबार पनि प्रहरीले रोक लगाएको छ । व्यापारीहरुले बुधबार पनि पसल खोल्ने घोषणा गरेका थिए । सो घोषणाअनुसार बिहानै पसल खोल्न गएका व्यापारीहरुलाई प्रहरीहरुले रोकेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन खुकुलो बनाउनेबारे बुधबार सरकारले केही पनि निर्णय नगरेमा आन्दोलन चर्काउने चेतावनी दिए । तीन दिनदेखि खुल्ला हुँदै आएका न्यूरोड क्षेत्रका...

  • २०७७ जेठ २८, बुधबार

    ललितपुर सुनचाँदी व्यवसायी संघले गर्यो कोरोना बिमा

    विजयरत्न असंबरे ललितपुरमा ललितपुर सुनचाँदी व्यवसायी संघमा आबद्ध आफ्ना ४४९ जना ब्यवसायी सदस्यहरूको सुरक्षाको लागि कोरोना भाइरसको बिमा गरिदिएको छ । कोरोनाबाट प्रभाबित हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै आफना सम्पुर्ण सदस्यहरू एवं सदस्यका परिवार लगायत संघका सम्पूर्ण कर्मचारीका लागि एभरेष्ट ईन्सुरेन्स कम्पनिसँग ४ करोड ४९ लाख बराबरको कोरोना भाइरस बिमाको मंगलबार सम्झौता गरिएको ललितपुर सुनचाँदी...

  • २०७७ जेठ २८, बुधबार

    काठमाडौँ महानगरपालिकाबाट रेडियो शिक्षा प्रारम्भ

    विजयरत्न असंबरे काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । बन्दाबन्दीका बेला पनि बैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउने उदेश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ. एम.मार्फत आजबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा...

  • २०७७ जेठ २७, मंगलबार

    अव्यवस्थित फुटपाथ पसल हटाउँदै स्थानीय युवा

    काठमाडौं – कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि दुई महिना लामो लकडाउनपछि अहिले बजार बिस्तारै खुल्दै गएको र मानिसहरु बाहिर निस्किन थालेका छन् । लकडाउनको समय स्थानीय क्षेत्रमा जिल्लाबाहिरका मानिसहरु भित्र्याउन नहुने र उनीहरुबाट संक्रमणको जोखिम धेरै रहने देखिएको छ । बाहिरबाट आउनेहरुले राखेका फुटपाथ पसलको कारण पनि कोरोना संक्रमणको जोखिम बढ्ने हुनाले अव्यवस्थित रुपमा राखिएका फुटपाथ पसलहरु हटाउन...

  • २०७७ जेठ २७, मंगलबार

    न्यूरोड क्षेत्रमा पसल खाेल्ने र बन्द गराउनेबीच घम्साघम्सी, सवारी होल्डकाे नीतिमा प्रहरी

    काठमाडौं । व्यापारीहरुले काठमाडौंमा आफूखुसी खोलेका पसलहरु प्रहरीले बन्द गराउन थालेको छ । मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको छ । अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ । यसअघि लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरू गरेका थिए । सो दिनपछि सबै पसलहरु ११...

Pages