STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज यसरी तानिन्दैछ रातो मछिन्द्रनाथको रथ

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २१, आइतबार

काठमाडौं – कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले जारी गरेको निषेधाज्ञा र लकडाउनले प्रभावित रातो मछिन्द्रनाथको जात्राको क्रममा आज सांकेतिक रुपमा रथयात्रा गरिँदैछ । त्यसको लागि आज (आइतबार) दिउँसो ३ बजे पाटनको गाःबहालमा भक्तजनहरु जम्मा हुने र रथ तान्नको लागि १६० जनाको समूह हुने जनाइएको छ । रथ तान्नको लागि गाःबहाः जात्रा व्यवस्थापन समिति, वछुत्वाः नुगः जात्रा व्यवस्थापन समिति, लगनखेलको बुंगःद्यः जात्रा व्यवस्थापन समिति र जाउलाखेल जात्रा व्यवस्थापन समितिको तर्फबाट ४०–४० जना गरी १६० जनाको समूह हुने भएको छ । रथयात्राको लागि ती १६० जनालाई काय्गूननि टोलबाट टिसर्ट र क्यापको व्यवस्थापन हुने पनि जनाइएको छ । यसैगरी, कोरोनाको महामारीबाट बच्न सुरक्षाको लागि माक्स, पन्जा, भाईजर तथा सेनिटाइजरको व्यवस्था पनि हुने भएको छ । जात्राको लागि आवश्यक धिमेबाजाहरु, काहा बाजा र नाय्खिं बाजा पनि रहनेछन् । यसको लागि ५ जोर धिमे बाजा, चारजनाको काः बाजा समूह र २ जोर नाय्खिं बाजा हुनेछ । रथयात्राको लागि रथको घःमाःमा चढेर आवाज दिने नाइके भने काय्गूननि टोलबाट आउने जनाइएको छ । स्थानीय निकाय एवं सरोकारवाला निकायको समन्वयको अभावमा लामो समयदेखि हुन नसकेको रथयात्रालाई लिएर गत बिहीबार पूल्चोकमा स्थानीय, सम्पदाप्रेमी एवं प्रशासनबीच झडप भएको थियो । झडपपछि प्रशासनले कफ्र्युआदेश जारी गरिसकेको र अहिले पनि रथ वरपरको क्षेत्रमा पाँचजनाभन्दा बढी जम्मा हुन नपाउने निषेधाज्ञा यथावत छ । झडपपछि नै स्थानीय निकाय र सरोकारवालाले व्यवस्थित रुपमा क्षमापूजा, सांकेतिक रथयात्रा र खटमा राखी रातो मछिन्द्रनाथलाई बुंगमति लगेर जात्रा टुंग्याउने निर्णय गरेको हो ।
Categorized in उपत्यका