STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज रातो मछिन्द्रनाथको रथ तानिने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २१, आइतबार

काठमाडौं – सुरक्षा मापदण्ड अपनाउँदै रातो मछिन्द्रनाथको रथलाई आज तानिने भएको छ । गत बिहीबार केही मिटर तानिएपछि झडप भएपछि पुल्चोकको बीच बाटोमै रथ रहेको थियो । त्यहींबाट सुरु गरेर आज सोह्रखुट्टे पाटीसम्म रथ तानिने भएको छ । ललितपुरबासीले आज आइतबार छ्वयलाभू र सोमबार भुज्या गर्नेछन् । यसअघि रथ जता पुग्यो त्यस स्थानका बासिन्दाले छ्वय्लाभू र भुज्या मनाइने गर्दथ्यो । सोमबार नै साइत निकालेर मछिन्द्रनाथलाई खटमा राखी बुंगमती लगिने जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले जनाएका छन् । यस वर्ष मलमास परेकाले मलमास अघि नै जात्रा सम्पन्न गराउनुपर्ने बाध्यता रहिआएको छ । यसैक्रममा गत बिहीबार केही स्थानीय तथा सम्पदाप्रेमीले रथयात्रा गर्न खोज्दा प्रशासनले रोक लगाएपछि झडप भएको थियो । झडपपछि ललितपुरमा शुक्रबार कफ्र्यु र शनिबारदेखि एक साता लामो रथ रहेको स्थानवरपर पाँचजनाभन्दा बढी जम्मा हुन नपाइने नियम लागु भइसकेको छ ।
Categorized in उपत्यका