ललितपुरका यी ठाँउमा पाँचजनाभन्दा बढी भेला हुन नपाइने
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २०, शनिबार
ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले भदाै २० देखिदेखि २६ गतेसम्म ललितपुरका केही स्थानमा पाँचभन्दा बढी व्यक्ति भेला हुन नपाउने आदेश जारी गरेकाे छ ।
बिहीबार रथयात्राको लागि स्थानीयहरु ओइरिएपछि सरकारले शुक्रबार ललितपुरमा कफ्र्यु नै लगाएको थियो । तर शनिबारबाट कफ्र्यु हटे पनि रातो मछिन्द्रनाथको रथ रहेको ठाउँ वरपर यसप्रकारको निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले जनाएअनुसार रातो मछिन्द्रनाथ रहेको आसपास क्षेत्र मदन स्मारक स्कुल अगाडिको चाक, ललितपुर महानगरपालिकाको कार्यालय, सेन्ट जेभियर्स स्कुल र बखुण्डोल चोकसम्म निषेधाज्ञा लागु हुनेछ ।
यसैगरी, मीननाथको रथ रहेको आसपासका क्षेत्र मंगलबजार चोक, मदन स्मारक स्कुलअगाडिको चोक, पूर्णचण्डि मन्दिर र पिमबहाल सम्म निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले निषेधाज्ञाको उल्लंघन गरे कारबाही हुने पनि जनाएको छ ।
६ दिनसम्म लागु हुने उक्त निषेधाज्ञा बिहानको ५ बजेदेखि बेलुका १० बजेसम्म रहने जनाएको छ ।
Categorized in उपत्यका