STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राताे मछिन्द्रनाथकाे सांकेतिक रथयात्रा सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २१, आइतबार

काठमाडौं – कोरोना महामारीबाट अलपत्रमा रहेको रातो मछिन्द्रनाथको रथयात्रा सांकेतिकरुपमै भए पनि सम्पन्न गरिएको छ । कोरोना महामारीको कारण जारी निषेधाज्ञा र लकडाउनको कारण लामो समयदेखि हुन नसकको रथयात्रा आज सांकेतिक रुपमा सम्पन्न गरिएको छ । पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथलाई सोह्रखुट्टे पाटीसम्म तानिएपश्चात यात्रा सम्पन्न गरिएको हो । रथयात्रा पछि अब पानेजुहरुसँग छलफल गरेर केही दिनपछि मछिन्द्रनाथलाई खटमा राखी बुंगमति लगिनेभएको छ । यसपछि रातो मछिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । सम्भवतः भदौ २६ गते मछिन्द्रनाथलाई बुंमगति लगिने सम्भावना रहेको बुंगद्यः जात्रा व्यवस्थापन समितिका संयोजक एवं ज्यापु समाज, ललितपुरका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिनुभएको छ । गत बिहीबार केही स्थानीय एवं सम्पदाप्रेमीहरुले बेवास्ताको अवस्थामा रहेको रथयात्रा सम्पन्न गर्न जाँदा प्रशासनबीच झडप भएको थियो । सोही झडपपछि स्थानीय निकाय र सरोकारवालाहरुबीच छलफल बसेर छोटो रुपमा जात्रा टुंगाउने निर्णय भएको थियो । सोही निर्णयअनुसार आजको सांकेतिक रथयात्रा सम्पन्न भएको हो ।
Categorized in उपत्यका