STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रातो मच्छिन्द्रनाथ रथयात्राको क्षमा पूजा सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १९, शुक्रबार

काठमाडौँ – कोरोना संक्रमणकाे कारण भएकाे लकडाउन र निषेधाज्ञाले गर्दा राेकिएकाे रातो मच्छिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा सम्पन्न भएकाे छ। संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनको आग्रहमा रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निष्कर्षमा सरोकारवालाहरू पुगेका हुन् । रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेका थियो । बैठकले शुक्रबार क्षमा पूजा, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाभू गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ । यसरी साइत हेरे पनि निस्किएको मितिमा मछिन्द्रनाथलाई बुंगमति लग्ने निर्णय गरिएको बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विश्वव्यापी बनेको कोरोना भाइरस संक्रमणको जोखिमका कारण भिडभाड नगर्न सरकारले आग्रह गर्दै आएको छ । रथयात्रा गर्न पाउनुपर्ने भन्दै स्थानीय युवाहरुले निषेधाज्ञा तोड्पछि हिजो बिहीबार प्रहरीसँग झडप भएको थियो । आज शुक्रबार ललितपुरमा कर्फ्यु समेत लगाइएको छ ।  
Categorized in उपत्यका