STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चौतर्फी दबाबपछि थप सातजना सम्पदा अभियन्तालाई सरकारले रिहा गर्यो

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं– रातो मछिन्द्रनाथ रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकाहरुमध्ये थप सातजनालाई सरकारले सोमबार साँझ रिहा गरेको छ । रिहा हुनेहरुमा ललितपुरका महेश वज्राचार्य, पृथविन्दु महर्जन, सुविन शाक्य, रवि शाक्य धु्रवराज वज्राचार्य र थिमिका श्यामकुमार श्रेष्ठ र निराज वादे रहेका छन् । पक्राउ परेका अभियन्ताहरुको रिहाइको लागि चौतर्फी दबाब बढ्न थालेपछि सरकारले केहीलाई आज रिहा गरेको हो । उनीहरुको रिहाइको माग गर्दै नेवार संघसंस्थालगायत स्थानीय जनसमुदायले प्रदर्शनहरु गर्दै आएका छन् । यसैगरी ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अहिले हिरासतमा रहेका सबैलाई भोलितसम्ममा रिहा गर्ने प्रतिबद्धता जनाएको पनि थाहा हुन आएको छ ।
Categorized in उपत्यका