STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रिहाइ माग्दै सिडिओ कार्यालय पुगेकालाई प्रहरीले रोके, साँझ खोकनामा मसाल जुलुस

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २२, सोमबार

काठमाडौं – बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकाको रिहाइको माग गर्दै सोमबार ललितपुर जिल्ला प्रशासन कार्यालय (सिडिओ) घेराउ गर्न गएका स्थानीयको समूहलाई प्रहरीले रोकेको छ । बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना बस्ने मनशायले जम्मा भएका स्थानीय युवाहरुलाई प्रहरीले रोकेपछि उनीहरु प्रशासनविरुद्ध नाराबाजी गरेर फर्केका थिए । साथै, पक्राउ परेका सम्पदा अभियन्ताहरुको रिहाइको माग गर्दै आज साँझ खोकनामा मसाल जुलुस निकालिने कुरा थाहा हुन आएको छ । यसअघि पक्राउ परेकाहरुको विनाशर्त रिहाइको माग गर्दै विभिन्न स्थानमा दबाबमूलक प्रदर्शनहरु भइरहेका छन् ।
Categorized in उपत्यका