STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं महानगरपालिकाले पाँच हजार क्षमताको आइसोलेसन निर्माणको गर्ने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ४, बिहिबार

विजयरत्न असंबरे •
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताउनुभएको छ । उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनुभएका शाक्यले संघ, प्रदेश र उत्यका नगरपालिकाहरुको समवन्वय र सहभागितामा आगामी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गर्ने गरी तयारी थालेको जानकारी दिनुभएको हो । बुधबार एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले यस्तो जानकारी दिनुभएको छ । शाक्यले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट २०७७ साल भदौ ३ गतेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने गरेको निर्णयको पनि स्वागत गर्नुभएको छ । उहाँले काठमाडौँ महानगरपालिकाले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्यायसम्म १० ओटा कन्ट्राक्ट ट्रेसिङ टोली बनाएर ३२ वटै वडामा १७ सय ९५ जनालाई पीसीआर टेस्टिङ गरिसकेको पनि जानकारी गराउनु भएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले अहिलेसम्म गरेका प्रयासको समीक्षा गर्दै मेयर शाक्यले विज्ञप्तिमा आगामी दिनमा गर्नु पर्ने पहल र प्रयासका लागि आम महानगरवासी र सञ्चारमाध्ययमसँग आग्रह गर्नु भएको छ विज्ञप्तिमा काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामीलाई अस्पतालसम्म ल्याउन–लैजान सहज होस भन्ने हेतुले काठमाडौँ महानगरपालिकाकै आर्थिक सहयोगमा नेपाल एम्बुलेन्स सेवालाई (१०२) सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ ।
Categorized in उपत्यका