STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पाटन अस्पतालमा थप दुई संक्रमितको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ५, शुक्रबार

ललितपुर – पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुका अनुसार पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका एक–एक जना संक्रमितको शुक्रबार मृत्यु भएको हो । केन्द्रका अनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो । ती महिलामा कोभिड(१९ बाहेक पाठेघरवरपर गम्भीर संक्रमणको समस्या पनि रहेको अस्पतालले जनाएको छ । त्यसैगरी साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको केन्द्रले जानकारी दिएको छ । ती पुरुषलाई भने कोरोनाबाहेक अन्य कुनै गम्भीर प्रकृतिको रोग नदेखिएको अस्पतालको भनाइ छ ।
Categorized in उपत्यका