STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

होम आइसोलेसनमा बस्नेलाई टाेखा नगरपालिकाले दैनिक ३ सय ५० दिने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ५, शुक्रबार

काठमाडौं – टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई दैनिक ३ सय ५० रुपियाँ उपलब्ध गराउने भएको छ । सन्तुलित भोजनबापत उक्त रकम दिइने नगरपालिकाले जनाएकाे छ । टाेखामा कोरोना संक्रमितहरू हरेक दिन बढिरहेको अवस्थालाई ध्यानमा राखेर नगरपालिकाले सो निर्णय गरेको हो । संक्रमण पुष्टि भएका व्यक्तिले होम क्वारेन्टाइनमा बस्न चाहेमा स्वास्थ्य शाखाको सिफारिसमा सन्तुलित भोजनबापत प्रतिदिन ३ सय ५० रुपियाँ उपलब्ध गराउने निर्णय भएको नगरपालिकाले जनाएको छ । सो नगरमा अहिलेसम्म ७७ जना कोरोना संक्रमितहरू भेटिएका छन् । २३ जना होम आइसोलेसनमा बसेका छन् भने २५ जना अस्पतालमा छन् । अन्य डिस्चार्ज भएर घर गइसकेका छन् ।  
Categorized in उपत्यका