STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रातो मछिन्द्रनाथ रथयात्रामा प्रहरी दमनको नेवाः देय् दबूद्वारा विरोध

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १८, बिहिबार

काठमाडौं – नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूले ललितपुरमा आज (बिहीबार) भएको स्वतःस्फूर्त रथयात्राको क्रममा प्रहरीले गरेको दमनको घोर विरोध गरेको छ । नेवाः देय् दबू जिल्ला समिति ललितपुरका अध्यक्ष हिराकाजी महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सरकार र सरोकारवालालाई दबाब दिन स्थानीय जनता, भक्तजन र संस्कृति सम्पदाप्रेमीहरुले रथयात्रा गर्न खोज्दा सरकारले गरेको लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस प्रहार र बर्बर दमनको नेवाः देय् दबू घोर विरोध गर्दछ ।” देय् दबूले हजारौं वर्षअघिदेखि चल्दैआएको संस्कृति, जात्रालाई निरन्तरता दिन ठोस निकास दिनुपर्नेमा कुरामा बेवास्ता गरी यसलाई निरन्तरता दिन लागेकालाई बल प्रयोग गरी दमन गर्नुले गम्भीर परिस्थिति निम्तिनेमा सरोकारवालाई सचेत पनि गराएको छ । दबूले प्रहरी झडप र धरपकडको क्रममा घाइतेहरुको उपचार व्यवस्था हुनुपर्ने र गिरफ्तार भएकालाई विनासर्त रिहा गरिनुपर्ने माग पनि राखेको छ । रातो मछिन्द्रनाथको रथयात्राको विषयमा स्थानीय सरोकारवाला संघसंस्था, पुजारी, ज्योतिष, भक्तजन, गुथियार, गुथि संस्थान, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, केन्द्रीय सरकार एवं राष्ट्र प्रमुखलाई समेत जानकारी गराई जात्रा संचालन गर्ने विषयमा अनुरोध गरिसके पनि यसबारे उचित सुनुवाइ नभएको विज्ञप्तिमा जनाइएको छ ।
Categorized in उपत्यका