STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साझा पार्टीले प्लाज्मा थेरापी गर्न सघाउने छ - माननीय प्रदेश सांसद शोभा शाक्य

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १८, बिहिबार

विजयरत्न असंबरे –
कोरोना भाइरसको संक्रमणको जोखिम झन झन बढ्दै गईरहेको र यसको उचित उपचार गर्न कुनै खोप वा औषधी नबनिसकेको यस विषम घडिमा साझा पार्टीले यस रोगको उपचारको रुपमा लिइएको प्लाज्मा थेरापी गराउन चाहनेहरुलाई सघाउने कुरा प्रकाशमा ल्याएको छ । यो प्लाज्मा थेरापी अन्तर्गत कोरोना संक्रमणलाई जितेका अर्थात कोरोना रोगको सफल उपचार गराएकाहरुको रगतलाई प्रयोग गरी संक्रमित रोगीको उपचार गरिने गरिन्छ र यो विधीलाई एक हदसम्म सफल विधी मानिएको छ । तसर्थ कोही पनि प्लाज्मा थेरापी गराउन ईच्छुक महानुभावहरुले साझा पार्टीमा सिधै सम्पर्क राख्न सकिने वा साझा पार्टीका बागमति प्रदेशका समानुपातिक तर्फका माननीय सांसद शोभा शाक्यसंग सम्पर्क राख्न सकिने कुरा सांसद शाक्यले एक वक्तव्य मार्फत जानकारी गराउनु भएको छ । काठमाण्डौं उपत्यकामा यो महामारी समुदाय स्तरमा पनि फैलिने जोखिमा बढ्दै गइरहेको छ भने नेपालमा पूर्व मेची देखि पश्चिम महाकालिसम्म मात्र नभई सारा विश्व नै यो महामारीको कारण संकटमा छ भने अमेरिका जस्तो अति विकसित राष्ट्रलाई समेत थाम्न गा¥हो भएको यो महामारीसंग जुध्न र यो रोगलाई जित्न हामी नेपालीहरु एकजुट भई लाग्नु पर्ने कुरा पनि माननीय शाक्यले वक्तव्यमा उल्लेख गर्नु भएको छ । यो महामारीको संक्रमणबाट सुरक्षित रहनकालाति सुरक्षाका सबै उपायको पालना गर्नु हुन पनि उहाँले अनुरोध गर्नु भएको छ । माननीय सांसद शाक्यले प्लाज्मा थेरापीका लागि आफ्नो रगत दिन चाहने महानुभावहरु र प्लाज्मा थेरापीबाट उपचार गराउन चाहने महानुभावहरुले जुन सुकै बेला साझा पार्टी वा सांसद शोभा शाक्यसंग सिधै सम्पर्क राख्न सकिने कुरा बताउनु भएको छ । यस सम्बन्धी कुनै जानकारी लिन चाहेका वा उपचार नै गराउन चाहेकाहरुले आफुसित जुनसुकै बेला सांसद शोभा शाक्यको फोन नं ९८४१ २१४६८२ मा सम्पर्क गर्न सकिने उहाँले बताउनु भएको छ ।
Categorized in उपत्यका