STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रातो मछिन्द्रनाथ रथयात्रामा तनाव • स्थानीय र प्रहरीबीच झडप • अश्रुग्यास र पानीकाे फोहोरा हानियाे

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १८, बिहिबार

काठमाडाैं – रातो मछिन्द्रनाथको रथयात्रा विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले रथ तान्न खोज्दा प्रहरीले रोकेपछि झडप सुरु भएको हो । झडपपछि स्थानीयले प्रहरीलाई ढुङ्गामुढा प्रहार गरेका थिए । विवाद बढ्दै गएपछि ललितपुरको पूल्चोक लागा तनावग्रस्त बनेको थियो । स्थानीय जिल्ला प्रशासनलाई रथयात्रा गर्न पटक पटक आग्रह गरे पनि कोरोनाको कारण प्रशासनले यसमा रोक लगाइरहेको थियो । तर प्रशासनले रोकिरहे पनि स्थानीय बिहीबार रातो मछिन्द्रनाथको रथयात्राको प्रयत्न गरेका थिए । यसैक्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । रथयात्रा सम्बन्धमा सराेकारवाला गुठी तथा समुहले यसबारे अनभिज्ञता जाहेर गरेका छन् । ललितपुरकाे ज्यापु समाज, बौद्ध विहार संघ, श्रेष्ठ समाज, कपाली समाज जस्ता १९ वटा संगठनहरुले रथयात्राबारे अनभिज्ञता जाहेर गर्दै स्थानीय युवाहरुकाे सक्रियतामा रथयात्रा भएकाे जनाएकाे छ । रथायात्राकाे विषयलाई लिएर ती  संगठनहरुकाे छुट्टै आकस्मिक बैठक बस्ने जानकारी प्राप्त भएकाे छ । सडक किनारामा रहेको रथ बीच सडकमा ल्याइएको थियाे । भीडले रथलाई तानेर केही मिटर अगाडि ल्याएपछि झडप भएकाे थियाे । झडपमा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरोले पनि हानेको थियो । यसैक्रममा केही युवाले दुई ट्राफिक प्रहरीलाई मरणासन्न हुने गरी पिटेको पनि थियो । नेपाल उक्त क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी खटिएका छन्। स्थिति नियन्त्रणमा छ। प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको जानकारीमा आएको छैन । लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथयात्रालाई केही स्थानीय र गुठियारहरूले निषेधाज्ञाकै बीच चलाउन खोजेका थिए। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनका कारण अधीर भएका स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए। यस वर्ष काठमाडौंको इन्द्रजात्रा र भक्तपुरको बिस्कास् जात्रा पनि रोकियो। तस्बिर : रमेश शाक्य
Categorized in उपत्यका