STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हिरासतमा रहेकाको रिहाइ माग्दै कीर्तिपुरमा प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २३, मंगलबार

काठमाडौं – नेवार समुदायको व्यापक दबाबपछि हिरासतमा रहेकाहरुलाई रिहा गर्ने क्रम जारी छ । सबैलाई विनाशर्त रिहा गर्नुपर्ने माग गर्दै नेवार समुदायले लगाताररुपमा सामाजिक दुरी कायम गर्दै विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । यसैबीच गिरफ्तारमा परेकाहरुलाई विना शर्त रिहा गर्नका लागि कीर्तिपुरका युवाहरुले पनि प्रदर्शन गरेका छन् । मंगलबार बिहान कीर्तिपुरका युवाहरुले पांगा दोबाटो, लोकतान्त्रिक चोक र बाघभैरव स्थानमा प्रदर्शन गरेका थिए । बुंगद्यः रथयात्राको क्रममा भएको पुल्चोक घटनामा गिरफ्तार भएका २० जना मध्ये सोमबारसम्म १० जनालाई रिहा गरिसकेको छ भने १० अना अझै पनि हिरासतमै रहेका छन् । आइतबार ३ जना र सोमबार ७ जनालाई रिहा गरिएको हो । हाल सम्म पनि हिरासतमा रहेका १० जनाहरु ललितपुरका अशोजकुमार महर्जन, रविन शाक्य, अनिस महर्जन, रत्नलाल श्रेष्ठ, नरेश शाक्य, अनिल खड्गी, सञ्जय शाक्य, करण देउला, देवेन्द्र देउला र काठमाडौंका यादवलाल कायस्थ रहेका छन् । यसैगरी, रिहा भएकाहरु प्रविण शाक्य, शुकबहादुर देउला, दलबहादुर देउला, पृथबिन्दु महर्जन, रवि शाक्य, महेश बज्राचार्य, सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर थिमिका श्याम श्रेष्ठ र मध्यपुरथिमिका निरज वादे रहेका छन् ।

तस्बिर सौजन्य : विविसा/सामाजिक सञ्जाल

Categorized in उपत्यका