उपत्यका
-
२०७७ आश्विन १३, मंगलबार
छन्दबद्ध कविता प्रशिक्षण सम्पन्न
काठमाडौं – हलिं नेवाः गुथिको आयोजनामा गत भदौ १९ देखि २५ सम्म भएको भर्चुअल छन्दबद्ध कविता प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा समापन गरिएको छ । गत असोज १० गते शनिबार जूम एपमा भएको कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ मुख्य अतिथि तथा रुसमा रहनुभएका वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ विशेष अतिथिको रुपमा आएका थिए । लोककवि राजभाइ जकःमिले प्रशिक्षण दिनुभएको सो प्रशिक्षण कार्यक्रममा अमेरिका, भारत,...
-
२०७७ आश्विन १२, सोमबार
टोखामा कोरोना संक्रमित ८०० नाघ्यो, तीनको मृत्यु
काठमाडौँ – टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना संक्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो । वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना सङ्क्रमित भेटिएका छन् । वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९...
-
२०७७ आश्विन १२, सोमबार
काठमाडौँ महानगरका वडाहरुको राजस्व अनलाइनमार्फत
विजयरत्न असंबरे काठमाडौं महानगरपालिकाले आफ्ना सबै वडाको राजस्व प्रणाली अनलाइन मार्फत सन्चालन गर्ने भएको छ भने यसबारे जानकारी दिने क्रममा काठमाडौं महानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै सकारात्मक प्रतिक्रिया आएको बताउनु भएको छ । उहाँले आगामी दिनमा अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने जानकारी समेत...
-
२०७७ आश्विन १२, सोमबार
बिहीबार रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिने
काठमाडौं – रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ । बालगोपालेश्वर मन्दिरमा आज साेमबार नै गजुर प्रतिस्थापन गर्ने तयारी भए पनि अन्तिम समयमा आएर स्थगित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माणको काम हेर्दै आएका राजुमान मानन्धरका अनुसार ठेकेदार कम्पनीको ढिलाइले अन्तिम समयमा आएर गजुर राख्ने काम...
-
२०७७ आश्विन १२, सोमबार
पाटनको भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकको सहयोग
ललितपुर – पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकले रकम सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार रु १० लाख हस्तान्तरण गर्नुभयो । भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि चासो नदेखाएपछि ‘ललितपुरको इतिहासमा दान दातव्य’ भन्ने नारालाई पाटनवासीले अघि बढाइ...
-
२०७७ आश्विन ११, आइतबार
गोदावरी खेलकुद भवन बन्दै
ललितपुर – गोदावरीमा धमाधम ‘अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन’ निर्माणको काम अघि बढेको छ । गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद विकासका लागि उक्त काम अघि बढाइएको हो । ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सदस्य नवराज सिलवालले गत आर्थिक वर्ष २०७५/७६ मा रु २० लाख सहयोग गरेर भवन निर्माण अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष इञ्जीनियर राजेश पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गत आव...
-
२०७७ आश्विन ११, आइतबार
काठमाडौंको टोलटोलमा कोरोनाको जनसचेतना अभियान थालिने
काठमाडौं – कोरोना भाइरस (कोभिड १९)बाट समस्यामा परेका स्थानीयलाई सघाउ पुर्याउने उद्देश्यले टोल–टोलमा जनसचेतना अभियान संचालन हुने भएको छ । जनचेतनालाई सशक्त बनाउँदै सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन गरिएकाे एक अन्तर्क्रिया कार्यक्रम सो निर्णय भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य वसन्त मानन्धरले काठमाडौं क्षेत्र नं ७ (१) मा सुरु गरेको ‘...
-
२०७७ आश्विन ११, आइतबार
उपत्यकामा एकैदिन ८०९ जनामा संक्रमण, मृत्यु हुने १० मध्ये ५ जना उपत्यकाकै
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जनामा संक्रमण देखिएको छ। काठमाडौंका ६३३ , भक्तपुरका ७२ र ललितपुरका १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यसैगरी कोरोनाबाट उपत्यकामै एकैदिन ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा एक महिलासहित ३ जना र ललितपुरमा २ पुरुष गरी जम्मा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार मात्रै १० जनाको मृत्यु भएको छ। नेपालमा...
-
२०७७ आश्विन १०, शनिबार
पाटनमा स्थानीयलाई राहत वितरण
विजयरत्न असंबरे कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी जारी गरिएको लकडाउन र निषेधाज्ञाका कारण संकटमा परेका निमुखाहरुलाई विभिन्न संघ संस्था हरुले राहत वितरण गर्ने लगायत भोजन को कार्यक्रम हरु हुँदै आएको छ भने यसबाट स्थानिय भन्दा उपत्यका बाहिरबाट आएकाहरु लाभान्वित भईरहेका थिए । यसै तथ्यलाई मनन् गरी ललितपुरमा श्रीबहाल वडा नं. २०का मनकारि ब्यक्ति प्रेम बहादुर शाक्य काे संयाेजकत्वमा र डा. सि. बि...
-
२०७७ आश्विन १०, शनिबार
कीर्तिपुरको खासिबजारमा ‘खै तपाईंको मास्क ?’
ललेन्द्र शाक्य कीर्तिपुर– लायन्स क्लब अफ काठमाडौं कीर्तिपुर, लियो क्लब अफ काठमाडौं कीर्तिपुर र हेल्थ वर्कर्स इन कीर्तिपुरको संयुक्त आयोजनामा तथा ४१ वटा विभिन्न संघसंस्थाको सहभागिता कीर्तिपुरका विभिन्न स्थानमा आज शनिबार ‘तपाईंको मास्क खै’ अभियान सम्पन्न भयो । संक्रमणको नारा तोडौं भन्ने नाराका साथ थालिएको सो अभियान गत असोज ३ बाट सुरु भएको थियो । आज खासिबजार प्रहरी वृत्त स्थानमा सो अभियान सुरु...
-
२०७७ आश्विन ९, शुक्रबार
चक्रपथको काम तत्काल शुरु हुने
काठमाडाैं – वाग्मती प्रदेश सरकारले काठमाण्डौं उपत्यका काँठ चक्रपथको कामलाई तत्काल शुरु गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार केन्द्र र स्थानीय सरकारहरुसँगको समेत सहकार्यमा आगामी तिहारअघिदेखि नै काम शुरु गर्ने गरी तयारी थालिएको छ । कूल एकसय आठ किलोमिटर लम्बाईको चक्रपथ निर्माणको काम छ वटा खण्डमा गरिने जनाइएको छ । कामको बाँडफाँटअनुसार स्थानीय सरकारले केही स्थानमा नाला...
-
२०७७ आश्विन ९, शुक्रबार
उपत्यकामा सार्वजनिक यातायातको अनुगमन तीव्र
काठमाडौँ – कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातमा सङ्क्रमण धेरै फैलनसक्ने भन्दै बिहीबारदेखि सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको र भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर...


