STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरको खासिबजारमा ‘खै तपाईंको मास्क ?’

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १०, शनिबार

ललेन्द्र शाक्य
कीर्तिपुर– लायन्स क्लब अफ काठमाडौं कीर्तिपुर, लियो क्लब अफ काठमाडौं कीर्तिपुर र हेल्थ वर्कर्स इन कीर्तिपुरको संयुक्त आयोजनामा तथा ४१ वटा विभिन्न संघसंस्थाको सहभागिता कीर्तिपुरका विभिन्न स्थानमा आज शनिबार ‘तपाईंको मास्क खै’ अभियान सम्पन्न भयो । संक्रमणको नारा तोडौं भन्ने नाराका साथ थालिएको सो अभियान गत असोज ३ बाट सुरु भएको थियो । आज खासिबजार प्रहरी वृत्त स्थानमा सो अभियान सुरु गरिएको थियो । आजको कार्यक्रममा स्थानीय क्लब पासा पुचः कीर्ति क्लबसाथै कीर्तिपुर महलिा स्वास्थ्य स्वयंसेविकाले सहयोग गरेको थियो । लायन्स क्लबका लायन समाजसेवी रविन्द्रबहादुर प्रधानले अभियानलाई निरन्तरता दिने बताउँदै सबै जनसमुदायले यसलाई सकारात्मक रुपमा लिँदै सहयोग गरिदिन अनुरोध गरेको छ । अभियानले मास्क नलगाई बाहिर डुल्नेहरुलाई मास्क लगाउनुपर्ने सम्झाउँदै मास्क वितरण गर्दै आएको छ ।
Categorized in उपत्यका