STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छन्दबद्ध कविता प्रशिक्षण सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १३, मंगलबार

काठमाडौं – हलिं नेवाः गुथिको आयोजनामा गत भदौ १९ देखि २५ सम्म भएको भर्चुअल छन्दबद्ध कविता प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा समापन गरिएको छ । गत असोज १० गते शनिबार जूम एपमा भएको कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ मुख्य अतिथि तथा रुसमा रहनुभएका वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ विशेष अतिथिको रुपमा आएका थिए । लोककवि राजभाइ जकःमिले प्रशिक्षण दिनुभएको सो प्रशिक्षण कार्यक्रममा अमेरिका, भारत, जापान, इजरायल, इंग्ल्याण्ड र नेपालका गरी २७ जनाको सहभागिता रहेको थियो । समापन समारोहमा हलिं नेवाः गुथिका संरक्षक शान्तप्रकाश श्रेष्ठको सभापतित्वमा संचालन भएको थियो भने प्रशिक्षण कार्यक्रमका संयोजक कृष्ण मानन्धरले संचालन गरेका थिए । हलिं नेवाः गुथिका सल्लाहकार एवं अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलनका संयोजक श्रीकृष्ण महर्जनले स्वागत गर्नुभएको कार्यक्रममा गुथिका अध्यक्ष जुजुमान श्रेष्ठले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए । समापन कार्यक्रममा जकःमिको अप्रकाशित पुस्तक ‘पुर्खाया पलाः ख्वाँय्’का रचना पाठ गरेका थिए । यसैगरी प्रशिक्षणमा सहभागीहरुले शंखधर साख्वाःदेखि अहिलेसम्मका नेपालभाषा साहित्यका व्यक्तित्व एवं महारथिहरुको स्मृतिमा छन्दबद्ध कविता पाठ गरेका थिए । कार्यक्रममा विशेष अतिथि कृष्णप्रकाश श्रेष्ठले जकःमिका रचनालाई रुसी भाषामा प्रकाशित गर्ने वचन समेत दिएका थिए । प्रशिक्षक जकःमिले छन्द शास्त्र समाजको शास्त्रीय शक्ति रहेको र यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यमा यस्ता अभियानलाई निरन्तर संचालन गर्दै लानुपर्ने बताउनुभएको थियो ।
Categorized in उपत्यका