STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पाटनमा स्थानीयलाई राहत वितरण

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १०, शनिबार

विजयरत्न असंबरे
कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी जारी गरिएको लकडाउन र निषेधाज्ञाका कारण संकटमा परेका निमुखाहरुलाई विभिन्न संघ संस्था हरुले राहत वितरण गर्ने लगायत भोजन को कार्यक्रम हरु हुँदै आएको छ भने यसबाट स्थानिय भन्दा उपत्यका बाहिरबाट आएकाहरु लाभान्वित भईरहेका थिए । यसै तथ्यलाई मनन् गरी ललितपुरमा श्रीबहाल वडा नं. २०का मनकारि ब्यक्ति प्रेम बहादुर शाक्य काे संयाेजकत्वमा र डा. सि. बि जाेशी ( Phd ) हाल अमेरिका काे प्रमुख अार्थिक सहयाेगमा स्थानिय बासिन्दाहरूलाई पनि राहत वितरण गरिएको छ । यसरी राहत वितरण गर्न अार्थिक सहयाेग गर्नु हुनेहरुमा नुतन राज श्रेष्ठ माेमदु गल्ली , माननिय सांसद शाेभा शाक्य बागमती प्रदेश सभा सदस्य , थैना लामुगल र सहयाेगी अमिर राज महर्जन रहेका छन् भने उहाँहरुको पहलमा पाटनका निमुखा र मर्कामा परेका स्थानिय बासिन्दाहरूलाई राहत स्वरुप चामल ३० किलाे, दाल २ किलाे, तेल १ लिटर ,चिनी १ किलाे , १२ पुरी बिस्कुट र नुन १ पाकेट वितरण गरेको छ । हिजो शुक्रबार ललितपुरकाे संखमुल, श्रीबहाल, नकबहिल,इखाछेँ र थैना लगायतका स्थानहरुमा माननीय सांसद शाक्य र समाजसेवी प्रेमबहादुर शाक्यको पहलमा जम्मा १११ परिवारलाई राहत वितरण गरिएको थियो ।
Categorized in उपत्यका