STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौँ महानगरका वडाहरुको राजस्व अनलाइनमार्फत

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १२, सोमबार

विजयरत्न असंबरे


काठमाडौं महानगरपालिकाले आफ्ना सबै वडाको राजस्व प्रणाली अनलाइन मार्फत सन्चालन गर्ने भएको छ भने यसबारे जानकारी दिने क्रममा काठमाडौं महानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै सकारात्मक प्रतिक्रिया आएको बताउनु भएको छ । उहाँले आगामी दिनमा अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने जानकारी समेत दिनुभयो भने राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले असोज १ बाट अनलाईन सेवा सुरु गरेको भन्दै ११ दिनमै १ करोड ६० लाख राजस्व असुली गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधीमा सबैभन्दा बढी घर–बहाल करमार्फत ७८ लाख ३७ हजार बढी प्राप्त भएको छ । त्यसैगरी सम्पत्ति कर शीर्षकमा २० लाख ८३ हजार संकलन भएको छ । उहाँले सबै वडाका कर्मचारीको क्षमता विकासका लागि प्रणालीको प्रयोगात्मक सिकाइका कक्षा सञ्चालन गरिरहेको भन्दै त्यसलाई सबैको पहुँचमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७६/०७७ मात्रै ८३ प्रतिशत राजस्व असुली गरेको जानकारी दिनुभयो । उहाँले सबै प्रकारका कर, राजस्व, दस्तुर र शुल्क भुक्तानी गर्न र आफूले भुक्तानी गरेको रकमको रसिद प्राप्त गर्न के–के गर्नुपर्छ भन्ने ‘डेमो’ केही दिनमै सार्वजनिक गर्ने तयारीमा रहेको भन्दै त्यसले करदाताहरुलाई थप सहज हुने बताउनुभयो ।

Categorized in उपत्यका