STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकामा एकैदिन ८०९ जनामा संक्रमण, मृत्यु हुने १० मध्ये ५ जना उपत्यकाकै

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ११, आइतबार

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जनामा संक्रमण देखिएको छ। काठमाडौंका ६३३ , भक्तपुरका ७२ र ललितपुरका १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यसैगरी कोरोनाबाट उपत्यकामै एकैदिन ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा एक महिलासहित ३ जना र ललितपुरमा २ पुरुष गरी जम्मा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार मात्रै १० जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट हालसम्म ४७७ जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। १९ हजार १९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ३२१ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ६९८ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार २८१ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार १२३ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८२८ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार २२५ जनाको आइसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट हालसम्म ४७७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै १० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

Categorized in उपत्यका