STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंको टोलटोलमा कोरोनाको जनसचेतना अभियान थालिने

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ११, आइतबार

काठमाडौं – कोरोना भाइरस (कोभिड १९)बाट समस्यामा परेका स्थानीयलाई सघाउ पुर्याउने उद्देश्यले टोल–टोलमा जनसचेतना अभियान संचालन हुने भएको छ । जनचेतनालाई सशक्त बनाउँदै सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन गरिएकाे एक अन्तर्क्रिया कार्यक्रम सो निर्णय भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य वसन्त मानन्धरले काठमाडौं क्षेत्र नं ७ (१) मा सुरु गरेको ‘कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथाम’ विषयक सो अन्तक्र्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरुसहित स्वास्थ्य क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य, कामपा इन्चार्ज एवं प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य तथा वागमती प्रदेश सभा सदस्य वसन्त मानन्धर, क्षेत्रपाटी निःशुल्क जनचिकित्सालयका मेडिकल ड़ाइरेक्टर डा. प्रेमलकुमार जोशी, जनस्वास्थ्य अभियन्ता सलिना शाही, १८ वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन, १७ वडा सदस्य बाबुराजा महर्जनले विषय केन्द्रित सम्बोधन गरेका थिए । भौतिक दुरी तथा स्वास्थ्य मापदण्ड पालना गरिएको कार्यक्रमको संचालन कामपा १७ का पार्टी नेता मचाराजा महर्जनले गरेका थिए । कार्यक्रम कामपा १७ वडा खुसिबुँस्थित भोयछेँमा भएको थियो ।
Categorized in उपत्यका