STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ आश्विन १५, बिहिबार

    कीर्तिपुर १० वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि

    कीर्तिपुर – कीर्तिपुर नगरपालिका १९ वडाका वडाध्यक्ष अमन महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि कीर्तिपुर १ वडाध्यक्ष हर्ष महर्जन र ९ वडाध्यक्ष गंगाराम महर्जनलाई पनि कोरोना संक्रमण भइसकेको थियो । दुवै संक्रमित वडाध्यक्षहरु राराहिल स्कुलको क्वारेन्टाइनमा बसेर क्वारेन्टाइन मुक्त भएर फर्किसकेका छन् ।

  • २०७७ आश्विन १४, बुधबार

    उपत्यकामा कोरोना संक्रमण बढ्दाे • एकैदिन ९३४ जना संक्रमित थपिए

    काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा मात्र तीन सय ७ महिला र ४४० पुरुष गरेर ७४७ जनामा संक्रमण पुष्टि भएको छ।ललितपुरमा ४७ महिला र ६७ पुरुष गरेर ११४ जना र भक्तपुरमा २८ महिला र ४५ पुरुष गरेर ७३ जनामा संक्रमण पुष्टि...

  • २०७७ आश्विन १३, मंगलबार

    छन्दबद्ध कविता प्रशिक्षण सम्पन्न

    काठमाडौं – हलिं नेवाः गुथिको आयोजनामा गत भदौ १९ देखि २५ सम्म भएको भर्चुअल छन्दबद्ध कविता प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा समापन गरिएको छ । गत असोज १० गते शनिबार जूम एपमा भएको कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ मुख्य अतिथि तथा रुसमा रहनुभएका वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ विशेष अतिथिको रुपमा आएका थिए । लोककवि राजभाइ जकःमिले प्रशिक्षण दिनुभएको सो प्रशिक्षण कार्यक्रममा अमेरिका, भारत,...

  • २०७७ आश्विन १३, मंगलबार

    लगन बहालको मल्लकालीन इतिहास मेट्ने चलखेल • स्थानीय बासिन्दाद्वारा विरोध

    विजयरत्न असंबरे करीब ४ सय वर्ष पुरानो इतिहास बोकेको लगं बहाः (लगन बहाल) को पुरातात्विक महत्वलाई अस्तित्वविहीन बनाउने प्रयासको आरम्भ भएको भन्दै स्थानीयले असन्तुष्टी व्यक्त गरेका छन् । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको नाममा प्रताप मल्लकालीन इतिहासलाई नै अस्तित्वविहीन बनाउने गरी मुद्धामामिलाको थालनी भएकोे भन्दै लगनटोलबासीले ऐतिहासिक सम्पदा संरक्षणका लागि एकताबद्ध भई त्यस्ता...

  • २०७७ आश्विन १२, सोमबार

    काठमाडौँ महानगरका वडाहरुको राजस्व अनलाइनमार्फत

    विजयरत्न असंबरे काठमाडौं महानगरपालिकाले आफ्ना सबै वडाको राजस्व प्रणाली अनलाइन मार्फत सन्चालन गर्ने भएको छ भने यसबारे जानकारी दिने क्रममा काठमाडौं महानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै सकारात्मक प्रतिक्रिया आएको बताउनु भएको छ । उहाँले आगामी दिनमा अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने जानकारी समेत...

  • २०७७ आश्विन १२, सोमबार

    बिहीबार रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिने

    काठमाडौं – रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ । बालगोपालेश्वर मन्दिरमा आज साेमबार नै गजुर प्रतिस्थापन गर्ने तयारी भए पनि अन्तिम समयमा आएर स्थगित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माणको काम हेर्दै आएका राजुमान मानन्धरका अनुसार ठेकेदार कम्पनीको ढिलाइले अन्तिम समयमा आएर गजुर राख्ने काम...

  • २०७७ आश्विन १२, सोमबार

    पाटनको भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकको सहयोग

    ललितपुर – पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकले रकम सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार रु १० लाख हस्तान्तरण गर्नुभयो । भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि चासो नदेखाएपछि ‘ललितपुरको इतिहासमा दान दातव्य’ भन्ने नारालाई पाटनवासीले अघि बढाइ...

  • २०७७ आश्विन १२, सोमबार

    टोखामा कोरोना संक्रमित ८०० नाघ्यो, तीनको मृत्यु

    काठमाडौँ – टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना संक्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो । वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना सङ्क्रमित भेटिएका छन् । वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९...

  • २०७७ आश्विन ११, आइतबार

    गोदावरी खेलकुद भवन बन्दै

    ललितपुर – गोदावरीमा धमाधम ‘अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन’ निर्माणको काम अघि बढेको छ । गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद विकासका लागि उक्त काम अघि बढाइएको हो । ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सदस्य नवराज सिलवालले गत आर्थिक वर्ष २०७५/७६ मा रु २० लाख सहयोग गरेर भवन निर्माण अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष इञ्जीनियर राजेश पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गत आव...

  • २०७७ आश्विन ११, आइतबार

    काठमाडौंको टोलटोलमा कोरोनाको जनसचेतना अभियान थालिने

    काठमाडौं – कोरोना भाइरस (कोभिड १९)बाट समस्यामा परेका स्थानीयलाई सघाउ पुर्याउने उद्देश्यले टोल–टोलमा जनसचेतना अभियान संचालन हुने भएको छ । जनचेतनालाई सशक्त बनाउँदै सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन गरिएकाे एक अन्तर्क्रिया कार्यक्रम सो निर्णय भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य वसन्त मानन्धरले काठमाडौं क्षेत्र नं ७ (१) मा सुरु गरेको ‘...

  • २०७७ आश्विन ११, आइतबार

    उपत्यकामा एकैदिन ८०९ जनामा संक्रमण, मृत्यु हुने १० मध्ये ५ जना उपत्यकाकै

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जनामा संक्रमण देखिएको छ। काठमाडौंका ६३३ , भक्तपुरका ७२ र ललितपुरका १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यसैगरी कोरोनाबाट उपत्यकामै एकैदिन ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा एक महिलासहित ३ जना र ललितपुरमा २ पुरुष गरी जम्मा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार मात्रै १० जनाको मृत्यु भएको छ। नेपालमा...

  • २०७७ आश्विन १०, शनिबार

    पाटनमा स्थानीयलाई राहत वितरण

    विजयरत्न असंबरे कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी जारी गरिएको लकडाउन र निषेधाज्ञाका कारण संकटमा परेका निमुखाहरुलाई विभिन्न संघ संस्था हरुले राहत वितरण गर्ने लगायत भोजन को कार्यक्रम हरु हुँदै आएको छ भने यसबाट स्थानिय भन्दा उपत्यका बाहिरबाट आएकाहरु लाभान्वित भईरहेका थिए । यसै तथ्यलाई मनन् गरी ललितपुरमा श्रीबहाल वडा नं. २०का मनकारि ब्यक्ति प्रेम बहादुर शाक्य काे संयाेजकत्वमा र डा. सि. बि...

Pages