STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पशुपति विकास कोषको कार्यालय घेराउ

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ आश्विन २१, बुधबार

काठमाडौं – आदिवासीलाई विस्थापित गर्ने गरी ल्याइएको पशुपति विकास कोषको गुरुयोजनाको विरोधमा आज बुधबार कोषको कार्यालय शान्तिपूर्ण घेराउ गर्ने भएको छ ।

बिहान ९ बजेदेखि ११ बजेसम्म हुने सो घेराउ कार्यक्रम पशुपति क्षेत्र संयुक्त संघर्ष समितिको आयोजनामा हुन लागेको हो ।

आदिवासी नेवारहरुको बस्ती हटाई उनीहरुलाई विस्थापित गराउन खोजेको, पशुपतिनाथसँग सम्बन्धित गुठीका जग्गाहरु कौडीको भाउमा निजी होटलहरुलाई लिजमा दिन लागेको जस्ता समेटिएका कोषको गुरुयोजनाको स्थानीयले विरोध गर्दै आएका छन् ।

 

Categorized in उपत्यका