STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकाका १ हजार १७ सहित १ हजार ५ सय ५१ जनामा कोरीना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २०, मंगलबार

काठमाडाैँ – आज उपत्यकामा १ हजार १७ जना सहित देशभर १ हजार ५ सय ५१ जनामा कोरोना देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित भएका हुन । 

काठमाडौंमा ७ सय ८३, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा आज २ हजार ३ सय ४० जना कोरोना भाइरस (कोभिड—१९) संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ३६, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ५१, बागमती प्रदेमा २२ हजार ४ सय २५ र गण्डकी प्रदेशमा ३ हजार ८ सय ६९ जना डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ८ सय ६७, कर्णाली प्रदेशमा ३ हजार २ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय २६ गरी देशभरी ६७ हजार ५ सय ४२ जना डिस्चार्ज भएका छन ।

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । 

आज देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय १७, प्रदेश नम्बर २ मा १ सय ९८, बागमती प्रदेमा ७ हजार २ सय ६८ र गण्डकी प्रदेशमा ३ सय ५९ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ८५, कर्णाली प्रदेशमा ३ सय १ र सुदूरपश्चिम प्रदेशमा १ सय ९० जना गरी देशभरी ९ हजार १ सय १८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

आज होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय १५, प्रदेश नम्बर २ मा ५ सय १७, बागमती प्रदेमा ८ हजार ४ सय ६२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय ४०, कर्णाली प्रदेशमा ३ सय १८ र सुदूरपश्चिम प्रदेशमा ४ सय ७४ जना गरी १३ हजार ५ सय ९१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

Categorized in उपत्यका