उपत्यका
-
२०७७ आश्विन २६, सोमबार
कुलेश्वर मन्दिर वरिपरि निर्माण हुने पार्कको शिलान्यास
संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यलगायतको उपस्थितिमा आज कुलेश्वर महादेव मन्दिर परिसरमा प्रमुख शाक्यले शिलान्यास गर्नुभएको पार्क करीब ९ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो । उक्त पार्क करीब १ करोड २० लाखको लगानीमा निर्माण हुन लागेको वडाध्यक्ष सोभा सापकोटाले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका...
-
२०७७ आश्विन २६, सोमबार
उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल
काठमाडाैं – सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पतालमा रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालीन अवस्थामा आकस्मिकबाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिकबाहेकका अपरेशन नगर्दा संक्रमित बिरामीलाई आईसीयु बेड...
-
२०७७ आश्विन २६, सोमबार
बुद्ध भजन प्रतिस्पर्धामा अगिना र सुशील प्रथम
बुद्ध भजनको माध्यमबाट भइरहेको अनलाइन प्रतिभा खोजी अन्तर्गत को एउटा प्रतिस्पर्धामा सुशील शाही र अर्को एक प्रतिस्पर्धा मा अगिना तण्डुकार विजेताहरुको रुपमा घोषणा भएका छन् । बुद्ध शान्त पार्क अनलाइनले आयोजना गरेको अनलाईन प्रतिभाको खोजी अन्तर्गत विजेताहरुको घोषणा गरिएको हो । विजेताहरुलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ट्रफि प्रदान गर्नुभयो । त्यस्तै प्रा. सुवर्ण शाक्यले प्रमाण पत्र...
-
२०७७ आश्विन २६, सोमबार
जागरुकको चौथो रक्तदान कार्यक्रम सम्पन्न
जागरुक युवा समाजले काठमाडौंमा चौथो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजले काठमाडौं महानगरपालिका २४ वडासँगको संयुक्त आयोजनामा गत शनिबार काठमाडौंको इतुम्बहालमा रक्तदान कार्यक्रम गरेको हो । ब्लड डोनर्सएशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा समाजले रक्तदान कार्यक्रमको आयोजन गरेको हो । कार्यक्रममा २१ जना रक्तदाताले रक्तदान गरेका थिए । पछिल्लो समयमा जागरुक युवा समाज विशेष गरी काठमाडौंका भित्रि...
-
२०७७ आश्विन २५, आइतबार
काठमाडाैंमा एक हजार बढी गुर्जोका बिरुवा निःशुल्क वितरण
काठमाडौँ – नदी किनार, सार्वजनिकस्थल एवं घरघरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन शनिबार मात्र एक हजार ५५० बिरुवा निःशुल्क वितरण गरिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रूपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराउनुभएको हो । गुर्जोको बिरुवा माग भएपछि कार्यालयमा...
-
२०७७ आश्विन २४, शनिबार
भक्तपुरका मासु तथा खाद्यान्न पसलको अनुगमन
भक्तपुर – भक्तपुर नगरपालिकाले आज महालक्ष्मी र व्यासीका मासु तथा खाद्यान्न पसल अनुगमन गरेको छ । अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका सामान बिक्रीमा राखेको जनाइएको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनका क्रममा म्याद गुज्रेका र अखाद्य सामान जफत गरी नष्ट गरिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । मासु पसलमा ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको,...
-
२०७७ आश्विन २४, शनिबार
यस वर्षको तिहारमा खुल्छ रानीपोखरी
काठमाडौँ – पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरीमा अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका...
-
२०७७ आश्विन २४, शनिबार
टोखामा सङ्क्रमित १३ सय नाघ्यो
काठमाडौँ – टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो । सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १५६ सङ्क्रमित भेटिएका छन् । टोखामा ११ वडा छन् । यस्तै, वडा नं १ मा २८, २ मा ६२,ं ३ मा १५२, ४ मा ६३, ५ मा १३६, ६ मा १३३, ७ मा १५५, ८ मा १५६...
-
२०७७ आश्विन २३, शुक्रबार
बूढानीलकण्ठ नगरपालिकाकाे न्यायिक समितिका सम्पूर्ण सेवा बन्द
बूढानीलकण्ठ – बूढानीलकण्ठ नगरपालिकामा न्यायिक समितिका सम्पूर्ण काम बन्द गरिएको छ । नगरपालिकाले सूचना जारी गर्दै कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर राखी अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय भएकाले यस न्यायिक समितिबाट इजलास सुनुवाइ हुने सबै सेवा कात्तिक २५ गतेसम्म बन्द हुने जनाएको छ । पछिल्लो समय नगरपालिकामा सङ्क्रमणको दर बढ्दै गएको छ । नगरप्रमुख, कर्मचारी तथा स्वास्थ्यकर्मीसमेत...
-
२०७७ आश्विन २२, बिहिबार
मैतीदेवीमा सडेको मासु बिक्रीमा, अनुगमन टोलीले नष्ट गरे
काठमाडौं – काठमाडौंको मैतिदेवीमा सञ्चालित चण्डीकालिका मासुपसलमा सडेको मासु विक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ । महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासुपसलमा केही मात्रामा सडेको कुखुराको मासु विक्री गर्न राखेको पाईएको थियो । उक्त मासुलाई अनुगमनमा गएको टोलिले नष्ट पारेको छ । त्यस्तै मासुपसलमा म्याद गुजे्रको मसला समेत पाइएको छ । महानगरपालिकाका...
-
२०७७ आश्विन २२, बिहिबार
काठमाडाैंका विभिन्न स्थानमा अपाङ्गतामैत्री सडक बन्दै
काठमाडौँ – डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा डिभिजनले योजना बनाउँदा पैदलयात्रु मार्ग निर्माणमा ध्यान दिने गरी योजना बनाएको हो । सिंहदरबार आसपासका क्षेत्रमा अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण शुरु भइसकेको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँका अनुसार डिभिजनले पैदलयात्रुको...
-
२०७७ आश्विन २२, बिहिबार
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त
ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् । यही ८ असोजमा ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार उनमा कोरोना पोजिटिभ देखिएको थियो । ९ असोजदेखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएको प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी गराए । उनले भने...


