STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौँ महानगरको अडानले रानीपोखरीको इतिहास जोगिएको दाबी

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक ६, बिहिबार

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले रानीपोखरी र दरबार हाइस्कुलको पुनःनिर्माणको काम  काठमाडौँ महानगरपालिकाले लिएको अडानले गर्दा  रानीपोखरीको इतिहास जोगिएको दाबी  काठमाडौं महानगरपालिका का मेयर विद्या सुन्दररले भन्नु भएको छ । काठमाडौँ महानगरपालिकाको ५२ औँ नगरकार्यपालिकाको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

२०७२ साल माघ २ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर विभिन्न खाले विवादका कारण अलमल रहे पनि पाँच वर्षपछि बिहीबार उहाँले नै उद्घाटन गरेपछि अहिले रानीपोखरी हेर्न लायक बनेको छ ।  

मेयर शाक्यका अनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा ग्रन्थकुट शैलीको थियो । त्यो शैली मासेर जंगबहादुरले गुम्बज शैलीमा निर्माण गरेका थिए ।  ९० सालको भुइँचालोमा पुनः भत्किएको उक्त मन्दिरलाई  जुद्धशमशेरले जंगबहादुरले बनाएको भन्दा पनि फरक तर गुम्बज शैलीमै बनाएका थिए । तर, हामीले  संस्कृतिविद् र सरोकारवालाहरुसँगको विभिन्न चरणको छलफलपछि प्रतापमल्लकालिन शैली अर्थात शिखर शैलीमै निर्माण गर्न सफल भयौँ भनि मेयर शाक्यले बताउनु भयो । 

मेयर शाक्यले बताउनु भए अनुसार  पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय कमिटी बनाएर प्रतिवेदन पुनर्निमाण सम्बन्धि अध्ययन गरिएको थियो भने सोही समितिको सदस्य सचिवमा काठमाडौँ महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा रहनु भएको थियो ।

शाक्यका अनुसार त्यो समितिको सदस्यहरुमा संस्कृतिविद्  प्राडा सुर्दशन तिवारी, वडाध्यक्षहरु चिनियामान बज्राचार्य, भाइराम खड्गी, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका (सम्पदा हेर्ने) महाशाखा प्रमुख राजुमान मानन्धरलगायत हुनुहुन्थ्यो भने सल्लाहकारमा तत्कालिन रक्षामन्त्री भिमसेन दास प्रधान, काठमाडौँ महानगरपालिकाका पुर्व मेयर केशव स्थापित र रञ्जु दर्शना रहनु भएको थियो । शाक्यले भन्नुभयो कि रानीपोखरी क्षेत्रलाई हालको शंखधर उद्यान पार्क, खुलामञ्च र त्रिचन्द्र कलेज तिरको केही भाग समेटेर तयार पारेको वृहत्तर गुरुयोजना कार्यान्वयनमा लैजाने गरी अघि बढेका छौँ । 

शाक्यले दरबार हाइस्कुल पनि दुई तला कि चार तलाको निर्माण गर्ने भन्ने विवाद रहेको भन्दै काठमाडौँ महानगरपालिकाको अडान अनुसार नै चार तलाको निर्माण भएको जानकारी दिनुभयो भने केहीले पहिला जस्तो छ त्यस्तै दुई तलाकै बनाउनुपर्छ भन्दै आएका थिए भन्नु हुँदै  सय वर्ष पहिला दरबारियाका छोरा–छोरी मात्रै पढ्ने त्यो हाइस्कुलमा अहिले जनताका छोराछोरी अध्ययन गर्छन् । त्यसैले अहिले विद्यार्थीको चाप पनि बढेको छ । त्यसैले पहिलाकै स्वरुपमा भन्दा पनि केही परिर्वन गरेर जतिसक्दो धेरै विद्यार्थी अध्ययन गर्ने गरी मौलिकतालाई पनि कायम राख्दै निर्माण गनुपर्छ भनेर अडान लिएपछि अहिले चार तलाको निर्माण भएको छ । हामीले भने अनुसारकै काम सम्पन्न भएको छ, यसमा गौरव महशुस भएको छ भनि शाक्यले खुशी व्यक्त गर्नु भयो ।

रानीपोखरी पुनः निर्माणमा काठमाडौँ महानगरपालिकाको प्रयास २०७४ साल पुस १३ गते प्रमुख शाक्यकै अध्यक्षतामा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका तत्कालिन महानिर्देशकलगायत अन्य सरोकारवालासहितको छलफल सम्पन्न भयो । 

उक्त छलफलले रानीपोखरीलाई मल्लकालिन शैली, स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्ने निर्णय गर्र्यो ।

त्यहि बैठकले १५ दिन भित्रमा पुर्ननिर्माणका सम्वन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन दिन पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय कमिटी बनायो ।

समितिको सदस्य सचिवमा काठमाडौँ महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मालाई राखियो ।

समितिको सदस्यहरुमा संस्कृति विद  प्राडा सुर्दशन तिवारी, वडाध्यक्षहरु चिनियामान बज्राचार्य, भाइराम खड्गी, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका (सम्पदा हेर्ने) महाशाखा प्रमुख राजुमान मानन्धरलगायत हुनुहुन्थ्यो । 

सल्लाहकारमा तत्कालिन रक्षामन्त्री भिमसेन दास प्रधान, काठमाडौँ महानगरपालिकाका पुर्व मेयर केशव स्थापित र रञ्जु दर्शना रहनु भएको थियो । 

२०७४ चैत २२ गते तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यलगायतको उपस्थितिमा बसेको बैठकबाट रानीपोखरी (बालगोपालेश्वर मन्दिर समेत) पुनर्निर्माण गर्दा परम्परागत निर्माण सामाग्रीको प्रयोग गर्ने, हालसम्म प्रयोग गरिएका आधुनिक सामाग्री (कंक्रिट) पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले हटाई परम्परागत निर्माण सामग्रीद्वारा नै मौलिकता नबिग्रिने गरी पुनर्निमाण गर्ने, रानीपोखरीको सौदर्यीकरण गर्न पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका बीच समन्वय गर्नेलगायतको सहमति गरिएको कुरा पनि सो बैठकमा जानकारी गराइएको थियो ।

काठमाडौँ महानगरपालिकाको तीसौँ नगर कार्यपालिका बैठकबाट रानीपोखरी पुःननिर्माणका लागि अजय रत्न स्थापित अध्यक्ष र रोसनकाजी तुलाधर सचिव, होमप्रसाद खड्गी कोषाध्यक्ष, दिपकरत्न तुलाधर र  दिपेन्द्र खड्गी सदस्य रहेको उपभोक्ता समिति गठन गरिएको थियो भने

रानीपोखरी आसपासका तीन जना वडाध्यक्ष चिनियामान बज्राचार्य वडा–२७, भरतलाल श्रेष्ठ वडा–१ र भाइराम खड्गी –८ रहेको अनुगमन समिति गठन गरिएको थियो ।

Categorized in उपत्यका