STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज राष्ट्रपतिबाट रानीपोखरीको उद्घाटन

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ५, बुधबार

काठमाडाैँ – पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन आज कात्तिक ५ गते बुधबारको दिन दिउसो १२ बजे हुने भएको छ ।

२०७२ सालको भूकम्पकाकारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएकाले आज उद्घाटन गर्न लागिएको सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्नुहुने पनि मन्त्री श्रेष्ठले बताए । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन् । त्यसैले मन्दिरको उद्घाटन पनि राष्ट्रपति भण्डारीबाट नै गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।

समग्रतामा रानीपोखरीलाई जस्ताको तस्तै पुननिर्माण भई उद्घाटन गर्ने अवस्थामा आइपुग्नुले वर्तमान सरकार पुननिर्माणप्रति कत्तिको चिन्तित छ भन्ने पुष्टि हुने पनि मन्त्री श्रेष्ठले बताए ।

यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर फेरी रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्र रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ ।

Categorized in उपत्यका