STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुर नगर प्रहरीको पोशाक परिवर्तन

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ४, मंगलबार

ललितपुर- ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ । 
ती नगर प्रहरी आजदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन् । महानगरपालिकाले सोमबार ती प्रहरीलाई पोशाक हस्तान्तरण गरेको थियो ।
लपुमहानगर प्रमुख चिरीबाबु महर्जनले सो पोशाक लगाएर नगर प्रहरी स्मार्ट भएसँगै नगरलाई पनि स्मार्ट बनाइने बताउनुभयो । हाल महानगरपालिकामा ७२ नगर प्रहरी कार्यरत छन् । ती सबैलाई पोशाक वितरण गरिएको छ । यसैगरी महानगरपालिकालाई स्मार्ट शहर बनाउन स्मार्ट सडक बत्ती र खुला स्थानमा उद्यान निर्माणको काम अघि बढाइएको महर्जनले जानकारी दिनुभयो । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले विगतको पोशाक भद्दा भएकाले नयाँ ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो पोशाकमा हामी स्मार्ट देखिने छाैैं। हामी नगरवासीको सहयोगी साथी भएकाले अबदेखि लाठी बोक्ने छैनौँ ।” नगर प्रहरीलाई स्मार्ट बनाउन क्यामरा पनि दिइएको हाछेथुले जानकारी दिनुभयो ।
Categorized in उपत्यका