STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रानीपोखरीलाई खुला पार्क बनाई सर्वसाधारणका लागि खाेलिने

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ६, बिहिबार

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख मेयर शाक्यले रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रुपमा नागरिकको लागि खुल्ला हुने जनाएका छन् । 

रानीपोखरीको ऐतिहासिक उद्घाटन भए पनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडि बढाउने भएको छ । मेयर शाक्यले रानीपोखरी गुरुयोजना अनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणवद्ध रुपमा निर्माण गरिने बताएका छन् ।

रानीपोखरीको मुख्य प्रवेशद्वार र ऐतिहासिक पाटी लगायतका संरचनाको निर्माण बाँकी छ । त्यस्तै गुरुयोजना अन्तर्गत त्रिचन्द्र कलेज, प्रहरी आयुक्तको कार्यालय, शान्तिबाटिका, रत्नपार्क लगायतलाई समावेश गरी बृहत रानीपोखरीको रुपमा विकास गरिने मेयर शाक्यले बताए । यी कामहरु एकैसाथ गर्ने भन्दा पनि चरणवद्ध रुपमा अगाडि बढाउने रणनीति अनुसार काम भइराखेको पनि उनले बताए ।

२०७२ शालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुननिर्माणको क्रममा आधुनिक शैलीमा बनाउन लागिएको भन्दै विवाद भएको थियो । तर पछि विज्ञहरुको सुझाव अनुसार भूकम्पअघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

रानीपोखरीको मुख्य पोखरी र बालगोपालेश्वर मन्दिरको कामबाहेक महानगरपालिकाले बनाएको गुरुयोजनाअनुसार बृहत रानीपोखरीको विकास गर्न भने बाँकी छ । पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भने भाइटिकाको दिन मात्रै खुल्नेछ ।

Categorized in उपत्यका